प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय दुग्ध विकास बोर्ड खारेजका सम्बन्धमा आफू जानकार रहेको र त्यस सम्बन्धमा थप छलफल भइरहेको बताउनुभएको छ । आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरिएको बजेटमार्फत नै बोर्ड खारेज भएको घोषणा गरिएको थियो । यसरी खारेज भएको घोषणा गरेपछि सरोकारवालाले प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण गराउन गएका बेला प्रधानमन्त्री प्रचण्डले कुरा बताउनुभएको हो ।
सूचना प्रविधिको माध्यमबाट हुने वस्तु तथा सेवाको व्यापारिक कारोबारलाई नियमन गर्न सरकारले छुट्टै कानुन प्रस्ताव गरेको छ। नियमनसम्बन्धी विधेयक उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले प्रतिनिधि सभामा दर्ता गर्नुभएको छ। प्रस्तावित व्यवस्था पारित भएमा विद्युतीय व्यापारको अनुगमन तथा निरीक्षणसम्बन्धी कार्यका लागि छुट्टै संरचना बन्ने छ। विधेयकले विद्युतीय व्यापार सञ्चालन गर्ने प्रत्येक व्यवसायीले विद्युतीय प्लेटफर्म स्थापना गर्नुपर्ने प्रस्ताव गरेको छ। यस्तो प्लेटफर्म सूचीकरण गर्नुपर्ने व्यवस्था प्रस्तावित विधेयकमा उल्लेख छ।
चीनले राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला भएका सम्झौताको कार्यान्वयनबारे चासो राखेको छ। साथै सम्झौता कार्यान्वयन नभएकोमा ध्यानाकर्षण पनि गराएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाली प्रतिनिधिमण्डलको चीन भ्रमणसम्बन्धी प्रतिवेदन हस्तान्तरण गर्दै चीनको चासोबारे जानकारी गराउनुभएको हो।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारको छ महिनाको उपलब्धि सार्वजनिक गरेको छ। उहाँ २०७९ पुस ११ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो। सरकारले छ महिनाको अवधिमा गरेका कार्यलाई ७७ बुँदामार्फत बिहीबार सार्वजनिक गर्दै न्याय, सुशासन र समृद्विलाई सर्वोपरि लक्ष्यका रूपमा लिँदै विभिन्न नीति, कानुन तथा कार्यक्रम कार्यान्वयनमा ल्याउनुका साथै संस्थागत तथा प्रक्रियागत सुधारका कामलाई उच्च प्राथमिकतासाथ अघि बढाएको जनाएको छ। पछिल्लो छ महिनाको अवधिमा सङ्घ, प्रदेश र स्थानीय तहबिचको समन्वय तथा
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रस्तुत गर्नुभएको विश्वासको मत लिने प्रस्ताव बिहीबार निर्णयार्थ प्रस्तुत नगरी शुक्रबार प्रस्तुत गर्ने गरी बैठक स्थगित भएको छ । बिहीबारको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव गरी छलफलसमेत सकिसकेको अवस्थामा मुख्यमन्त्री नै प्रदेश सभाबाट बाहिरिएपछि बिहीबार मुख्यमन्त्रीको प्रस्ताव निर्णयार्थ प्रस्तुत नहुने अवस्था उत्पन्न भएको हो । प्रदेश सभा सचिवालयले प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा विश्वासको मत लिने प्रस्तावसँगै निर्णयार्थ प्रस्तुत हुने कार्यसूची प्रकाशन गरेको थियो तर बैठकमा उक्त प्रस्ताव निर्णयार्थ पेस भएन ।
‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादन वृद्धि’ मूल नाराका साथ आज देशैभर २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ ।
संयुक्त अधिराज्य (बेलायत) को स्थानीय तहको राजनीतिमा नेपाली मूलका बेलायती समुदायको सहभागिता बढ्दै गएको छ। शिक्षा, स्वास्थ्य, सुरक्षा, होटल, रेस्टुरेन्ट जस्ता व्यापार व्यवसायमा स्थापित हुँदै गएका नेपालीको सक्रियता यहाँको राजनीतिमा पनि बढ्दो क्रममा देखिएको छ। बेलायतका विभिन्न तहका काउन्सिलमा अहिले एक मेयर, एक उपमेयर र १० जना काउन्सिलर पदमा नेपाली मूलका निर्वाचित भएका छन्। सन् २०१० अघि भने फाट्टफुट्ट नेपाली मात्र स्थानीय तहमा निर्वाचित भएका थिए। सन् २००९ पछि ब्रिटिस गोरखा परिवारलाई आवासीय सुविधा दिएसँगै नेपालीको सङ्ख्या बढेपछि राजनीतिक सहभागिता पनि बढेको हो।
कोशी प्रदेश सभाको तेस्रो अधिवेशनको बैठक विशेष कारणवश शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगन गरिएको छ।
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा आज दिउँसो खसेको पहिरोसँगै निरन्तर ढुङ्गा खसेपछि पन्छाउन सकिएको छैन ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाको बिहीबारको बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्नुभएको छ।
गुल्मीमा चक्लाबन्दीमा फलफूल खेती सुरु गरिएको छ । कृषि ज्ञान केन्द्रको ७५ प्रतिशत अनुदानमा रेसुङ्गा नगरपालिका –४ अर्खलेमा १५० रोपनी जग्गामा चक्लाबन्दी गरी अहिले ११३ रोपनी जग्गामा फलफूल खेती अन्तर्गत सुन्तला र कागती खेती सुरु गरिएको हो ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिचुवान प्रान्तको छेन्दुमा रहेको पाण्डा प्रजनन केन्द्रको अवलोकन गर्नुभएको छ ।
मानो रोपेर मुरी उब्जाउने महिनाको रूपमा चिनिने असारमा किसानलाई यतिखेर धान रोपाइँको चटारो परेको छ।
रुपन्देहीको सम्मरीमाई गाउँपालिका –६ डिहुलीका स्थानीयलाई सुपानेट झुल वितरण गरिएको छ । वडा कार्यालयको आयोजना तथा वीर फाउन्डेसन नेपाल र नमस्ते बालबचाउ नेपालको व्यवस्थापनमा वडाभित्र रहेका ६ सय जनालाई एक–एक थानका दरले झुल वितरण गरिएको हो ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले किसानलाई तोरी पेल्ने मिल (आयल एक्स्पेलर) वितरण गरेको छ । मिक्वाखोला गाउँपालिकाका पाँचमध्ये तीनवटा वडाका किसानलाई सो मिल वितरण गरिएको हो ।