नेपाली राष्ट्रिय फुटबल टोलीको वरीयता एक स्थान खस्किएको छ । विश्व फुटबल महासङ्घ (फिफा) ले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै एक सय ७५औँ स्थानमा रहेको छ ।
नारायण नगरपालिकाले असल आमालाई पुरस्कृत गरेको छ । २० वर्ष उमेर पुगेपछि विवाह गरेका र दुई सन्तान जन्माएका, स्वास्थ्य संस्थामा सुत्केरी भएका र पोर्टकलअनुसार गर्भजाँच गराएका ४२ जना असल आमालाई बुधवार नगद दुई हजार रुपियाँ र प्रमाणपत्रले सम्मानित गरेको हो ।
सरकारले विपद्का बेला उद्धार र सहयोगमा मानवीय व्यवहार गर्न आग्रह गरेको छ । विपद् प्रतिकार्यमा खटिने नाममा असामाजिक गतिविधि नगर्न सचेत पनि गराएको छ ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा बिहीबारदेखि ‘राष्ट्रिय कचहरी’ सुरु भएको छ । ‘राष्ट्रिय कचहरी’ कार्यक्रमको उद्घाटन कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मङ्गलबहादुर शाहीले गर्नुभयो ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आजभोलि गुरु कुट्ने संस्कृति बढिरहेकाले त्यसबाट बच्नुपर्ने बताउनुभएको छ । काठमाडौंमा बिहीबार आयोजित मदन भण्डारी मेमोरियल कलेजको वार्षिकोत्सवमा उहाँले यस्तो बताउनुभएको हो ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको लगानी प्रणालीमा उल्लेख सुधार गरी विदेशी लगानीलाई प्रोत्साहन, प्रवर्द्धन एवम् संरक्षण गर्ने नीति लिएको जानकारी दिनुभएको छ ।
सरकारले अस्पताल फार्मेसीहरूलाई औषधिको खरिद तथा बिक्री वितरण गर्दा गुणस्तर यकिन गरेर मात्र खरिद तथा बिक्री वितरण गर्न आग्रह गरेको छ ।
म्याग्दीको बेनी नगरपालिका –५ पुलाचौरको फाँटमा रोपाइँ गर्दै गरेका स्थानीय बासिन्दा । पर्याप्त वर्षा नभएको कारण जिल्लामा पानीको सिँचाइ सुविधा भएका ठाउँमा मात्रै रोपाइँ भएको छ ।
नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकार राष्ट्रका साझा मुद्दामा कमजोर रहेको बताउनुभएको छ । अछाम सदरमुकाम मङ्गलसेनमा प्रेस चौतारीले आज गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो ।
जोर्डन सशस्त्र बलले आफ्नो पूर्वी क्षेत्रीय सेनाले सिरियाबाट आउँदै गरेको ड्रोनलाई खसालेको छ बताएको छ । यो महिना दिनभित्रको तेस्रो ड्रोनलाई रोकिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार गठन भएको असार ११ गते छ महिना पूरा भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको नेतृत्वमा गत पुस ११ गते सरकार गठन भएको हो ।
सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिले रुपन्देहीको भैरहवामा पाँचतारे होटल थपिएको छ । साढे दुई अर्ब लगानीमा निर्माण गरिएको सिद्धार्थ बिलासा होटलको सञ्चालन सुरु भएको छ । रुपन्देहीमा यो तेस्रो पाँचतारे होटल हो ।
ओखलढुङ्गामा किसानको आधुनिक कृषि यन्त्रमा आकर्षण बढ्दै गएको पाइएको छ । यहाँका किसानले पछिल्लो समय खेत जोत्न, धान चुट्न, गहुँ काट्न, मकै छर्ने लगायतका काममा आधुनिक कृषि यन्त्र (हाते ट्याक्टर, थ्रेसर)को प्रयोग गर्न थालेका छन् ।
मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णकुमार यादवले राष्ट्रको विकासमा गोरखापत्रले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
सर्वोच्च अदालतले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको विवाह दर्ता गर्न आदेश दिएको छ ।