नेपाली राष्ट्रिय राजनीतिमा समाजवाद सबैभन्दा चलनचल्तीको पदावली साबित भएको छ। यो सबै समस्याको समाधान गर्ने मिथक जस्तो बनेको छ। यसप्रति बनिबनाउ आकर्षण बढिरहेको छ। यहाँसम्म कि अमूर्त समाजवाद उच्चारण गरे पुग्छ। समाजवाद स्थापना गर्ने स्पष्ट कार्यदिशा र कार्ययोजना चाहिँदैन। यसको अर्थ राजनीतिक अन्तरवस्तु, चरित्र र पद्धतिको गहिराइमा पुग्नु पर्दैन। कार्यक्रमिक खाका वा योजना जरुरी हुँदैन। समाजवादसम्बन्धी भाषण र वक्तव्यबाजी गरे पुग्छ
मेरो नेतृत्वमा सरकार गठन भएको छ महिना पूरा भएको छ। छ महिनालाई सरकारको समीक्षाको अवधि मान्ने प्रचलन हामीकहाँ छैन तर यो सम्मानित संसद्मा विश्वासको मत माग्दै गर्दा मैले प्रधानमन्त्रीका रूपमा हरेक पटक रिपोर्ट कार्डका साथ उपस्थित हुने वाचा गरेको थिएँ । त्यही वाचा पूरा गर्न म अहिले रोस्ट्रममा उभिएको छु।
गलैँचामा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) ले निर्यातमा ३० प्रतिशतसम्म गिरावट आउने व्यवसायीले अनुमान गरेका छन् । नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरेर गलैँचा उद्योगमा पाउँदै आएको भ्याट छुट हटाउँदा गलैँचाको उत्पादन लागत महँगो भई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसकेर निर्यातमा गिरावट आउने बताएको हो ।
नेपाल सरकारले अनुदानमा उपलब्ध गराएको रासायनिक मल इलामका सहकारीले महँगो मूल्यमा बिचौलियालाई बेच्ने गरेको पाइएपछि इलाममा रहेको कृषि बिज भण्डारको गोदाममा सिल गरिएको छ । वास्तविक किसानले अनुदानको मल नपाइरहँदा सहकारीले बिचौलियालाई बेच्ने गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय इलामले गोदाममा सिल गरेको हो । किसानबाट व्यापक गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय इलामले बुधबार अनुगमन गर्ने क्रममा इलाम बजारमा रहेको कृषि बिज भण्डारमा ५२ बोरा रासायनिक मल फेला पारेको थियो ।
अनुचित लेनदेन (मिटरब्याज) अन्तर्गतको उजुरी अनुसन्धानका क्रममा आरोपित व्यक्तिहरू पक्राउ पर्न थालेका छन्। जिल्ला प्रशासन कार्यालयको आदेशमा बारा प्रहरीले हालसम्म १५ जना आरोपित व्यक्तिलाई पक्राउ गरेको छ। बारा जिल्लामा परेका तीन हजार ३२२ उजुरीमध्ये हालसम्म २३० वटा उजुरीको छलफल भएकोमा १४९ वटा फस्र्योट भइसकेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताउनुभयो। जिल्ला प्रशासन कार्यालयको आदेशमा बारा प्रहरीले १५ जना आरोपित व्यक्तिलाई पक्राउ गरेको थियो। पक्राउ परेकामध्ये कतिपय रकम मिलान र सहमति भएपछि छुटेका छन्। न्याय निरूपणका क्रममा आरोपित व्यक्ति र उजुरीकर्तालाई कार्यालयमा बोलाएर बयान लिने कार्य भइरहेको उहाँले जानकारी दिनुभयो। धेरै उजुरी परेका कारण कार्यालयको काम नै प्रभावित हुन नदिन तीन वटा टोली बनाएर दैनिक ३० वटा उजुरीको छलफल गराउने र सहमतिमा किनारा लगाउने काम भइरहेको प्रजिअ सापकोटाले बताउनुभयो।
जन्मका आधारमा नागरिकता लिएकाहरूको सन्तानलाई वंशजको आधारमा नागरिकता वितरण सुरु भएपछि महोत्तरी जिल्ला प्रशासन कार्यालयमा नागरिकता लिनेको भिड बढेको छ। जन्मसिद्ध नागरिकका सन्तान अहिले नागरिकताका लागि आउन थालेपछि महोत्तरीको जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयमा दैनिक भिड बढेको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताउनुभयो। लामो समयको प्रतिक्षाबाट नागरिकता पाउने भएपछि प्रशासनमा भिड बढेको उहाँले उल्लेख गर्नुभयो।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष प्रशासन सुधार कार्यदलले बुधबार प्रतिवेदन बुझाएको छ। प्रदेश सरकारले गठन गरेको कार्यदलले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा एक कार्यक्रमका बिच उक्त प्रतिवेदन बुझाएको हो। सो अवसरमा मुख्यमन्त्री कार्कीले प्रतिवेदन मार्फत कार्यदलले दिएका राय सुझावलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट मार्फत कार्यन्वयन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यदलका सुझावहरू कार्यान्वयन गर्ने सवालमा प्रदेश सरकारका मन्त्री तथा सचिवहरूको महत्वपूर्ण भूमिका हुने जानकारी दिँदै उहाँले प्रतिवेदनलाई राम्रोसँग अध्ययन गरेर कार्यान्वयनमा लैजान पनि मन्त्री तथा सचिवहरूलाई निर्देशन दिनुभयो।
चालु आर्थिक वर्षको १० महिनामा रामेछाप जिल्लाबाट छ हजारभन्दा बढी युवा रोजगारीका लागि विदेश गएका छन् । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम रामेछापका अनुसार चालु आव २०७९/८० को साउनदेखि वैशाखसम्ममा रामेछापबाट एक हजार २५० जना महिलासहित छ हजार ३४९ जना रोजगारीका लागि विदेश गएका हुन् ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्राचीनकालदेखि विभिन्न जातजातिको बसोबासको सङ्गमस्थल रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विविधताभित्रको एकता नै हाम्रो राष्ट्रिय पहिचान र गौरव भएको बताउनुभएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले इस्लाम धर्मावलम्बीको महान् पर्व इद–उल अज्हा (बकर इद) को अवसरमा सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र वेशभूषाको विविधता रहेको हाम्रो मुलुकमा इद–उल–अज्हा (बकर इद) पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास लिनुभएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका–४, केराबारीको एक प्राथमिक विद्यालयका विद्यार्थी एक सातादेखि चौरमा बसेर पढिरहेका छन्। जस्तापाताले छाएको विद्यालय भवनको छानो हावाहुरीले उडाएपछि विद्यार्थी खेलमैदानमा बसेर दिनभर पढ्छन्। बालविकास कक्षासहित कक्षा ५ सम्म सञ्चालित यो विद्यालयमा अहिले ४३ बालबालिका अध्ययनरत छन्।
सभामुख देवराज घिमिरेले नेपालको राजनीतिक आन्दोलनमा मुस्लिम समुदायले पुर्याएको योगदानको स्मरण गर्दै मुस्लिम समुदायको इतिहास र संस्कृतिको पहिचान, हकहितको संरक्षण र संवर्द्धन तथा सशक्तीकरणका लागि आगामी दिन थप उत्साह र प्रेरणादायी हुने विश्वास लिनुभएको छ ।
मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ ।