सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्र सङ्घका शान्ति कार्य (पिस अपरेसन) सम्बन्धी उपमहासचिव निज पियरे लाक्रोइसले शिष्टाचार भेट गर्नुभएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सरकारले सार्वजनिक विश्वविद्यालय स्थापना गर्ने बताउनुभएको छ ।
सर्वोच्च अदालतले नागरिकतासम्बन्धी कानुन कार्यान्वयन गर्न बाटो खोलेपछि नागरिकता पाउने परिवारमा खुसी छाएको छ । नागरिकता बनाउने उमेर पुगेपनि बनाउन नपाएका यहाँ बसोबास गर्ने परिवारलाई खुसी दिलाएको हो ।
मदन भण्डारी मेमोरियल कलेजले २२औँ वार्षिकोत्सवका अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधका कारण स्थगित भएको बागमती प्रदेश सभा बैठक आज (बुधबार) बस्ने भएको छ ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले बाढीपहिरोबाट पीडित भएका परिवारलाई राहत सामग्री वितरण गरेको छ । पालिकाभित्रका बाढीपहिरो पीडित ६१ परिवारलाई गाउँपालिकाले राहत सामग्री वितरण गरेको हो ।
जाजरकोटस्थित नलगाड जलविद्युत् आयोजना डिपिआरमै अल्झिएको छ। सम्झौता अनुसार नलगाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) २०७६ मै तयार भइसक्नुपर्ने हो तर थप चार वर्ष बितिसक्दा पनि डिपिआर बनेको छैन। सात वर्ष लगाएर प्रतिवेदन निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक बस्दैछ । बैठक बुधबार बिहान साढे १० बजे संसद् भवनमा बस्ने छ ।
बेलायतले राज परम्परालाई निरन्तरता दिएको छ । संवैधानिक भए पनि शक्तिशाली मानिने त्यहाँका नयाँ राजा चार्ल्स तृतीयको राज्याभिषेक भव्य र सभ्य रूपमा सम्पन्न गरिएको छ । गएको मे ६
कैलालीको धनगढी बजार क्षेत्रको मुख्य सडकको स्तरोन्नति गरिँदै छ। सुदूरपश्चिम प्रदेश सरकारको ५१ करोड ६८ लाख ७८ हजार रुपियाँ लागतमा सो सडक स्तरोन्नति गर्न लागिएको हो। यो सडक फराकिलो बनाउन सडक अधिकार क्षेत्रमा परेको संरचना गत मङ्सिरबाट भत्काउन थालिएको हो। कैलाली पुलदेखि हुलाकी सडकको जिरो प्वाइन्टसम्म सडक स्तरोन्नतिका लागि कुल ४२८ घर भत्काइएको धनगढी उपमहानगरपालिकाले जानकारी दिएको छ। घर भत्काउने घरधनीलाई उपमहानगरपालिकाले सम्मान गरेको छ। २.३ किलोमिटरसम्म सडक फराकिलो बनाउनका लागि गत वैशाख २७ गते केएस कन्स्ट्रक्सन प्रालि, धनगढीले ठेक्का पाएको हो। सडक निर्माणको समयावधि दुई वर्षको छ।
सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपाल संसदीय दलको बैठक आज (बुधबार) बस्दै छ ।
कैलालीमा सयौँ बिघा जमिन सिँचाइ हुने कुलो (नहर) बाढीले भत्काएको एक वर्ष बित्दा पनि पुनर्निर्माणका लागि कसैले चासो दिएका छैनन्। घोडाघोडी नगरपालिका–१, घोडाघोडीस्थित कुलोमा पानी नियन्त्रणका लागि बनाइएको आउटलेटसहित पक्की कुलो गत वर्षको बाढीले भत्काएको हो।