नेपाल कृषिका लागि पर्याप्त सम्भावना भएको देश हो तर दुर्भाग्य हाम्रो पुस्तासम्म आइपुग्दा नेपाल कृषिप्रधान देश भनेर चिनाउन अप्ठेरो लाग्ने अवस्था भइसकेको छ। कृषिमा दिन प्रतिदिन परनिर्भर बढ्दै छ। कृषियोग्य जमिन मासिँदै र बाँझिँदै छन्। मानिसहरू जति जति गाउँबाट सहरतिर बसाइँ सरेका छन्, त्यति त्यति कृषि उत्पादन पनि खुम्चँदै गएको छ। धान खेतीका लागि पनि अरू खेती जस्तै बीउ, भूमि, कृषि औजार, किसान, भूमिमाथिको अधिकार आदि महत्वपूर्ण विषय हुन्।
मेची राजमार्गको फिदिम ताप्लेजुङ सडकखण्ड पुनः अवरुद्ध भएको छ । हेवाखोलामा बाढी आई डाइभर्सनभन्दा माथिबाट खोला बग्न थालेको हो ।
मकवानपुर प्रहरीले अवैध रुपमा ल्याएको कपडा, चकलेट र माछा बरामद गरेको छ ।
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठकमा आज (बुधबार) बजेट पारितका लागि प्रस्ताव पेस हुँदैछ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबदेखि एक जना यात्रुको बिदाइ वा स्वागतमा तीन जना मात्रै जान पाइने भएको छ । विमानस्थलको टर्मिनल भवनबाहिर अत्यधिक भीड हुन थालेपछि विमानस्थल सुरक्षा समितिले यस्तो निर्णय गरेको हो । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सम्भावित हवाई सुरक्षा जोखिमलाई ध्यानमा राखी विमानस्थल सुरक्षा समितिले आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ एक जनाका लागि तीन जना मात्रै जान पाउने निर्णय गरेको हो ।
बैङ्किङ प्रणालीबाट प्राप्त हुने रेमिट्यान्स रकम बैङ्क तथा वित्तीय संस्थामा रेमिट्यान्स बचत/मुद्दती खातामा जम्मा गरेमा कम्तीमा एक प्रतिशत थप ब्याज प्राप्त हुने भएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीको बैङ्किङ प्रणालीबाट प्राप्त हुने रेमिट्यान्स रकम बैङ्क तथा वित्तीय संस्थामा रेमिट्यान्स बचत/मुद्दती खातामा जम्मा गरेमा कम्तीमा एक प्रतिशत थप ब्याज प्रदान गर्नुपर्ने नीतिगत व्यवस्था रहेको राष्ट्र बैङ्कले जनाएको छ ।
सरकारी स्वामित्वमा रहेको सतबाँझ सुक्खा फलफूल विकास केन्द्रको डाँडो एकल महिलाको जीवनको सहाराका रूपमा रोजगारी दिने केन्द्र बनेको छ । स्याउ, ओखर, कागजी बदाम र नास्पातीका करिब ६० हजार बिरुवा हुर्काइरहेको सतबाँझको २९ हेक्टर क्षेत्रफलमा महिलाले मल बोक्ने, कान्ला खन्ने र बोटबिरुवा गोडमेल गर्ने काम गरेर वर्षभरि ४० लाख रुपियाँ कमाउने गरेका छन् । सुर्नया गाउँपालिका–२ की एकल महिला द्रोपती पाण्डेयले सतबाँझको सुक्खा डाँडो जीवनको सहारा भएको बताउनुभयो । दुई दशकदेखि फलफूल विकास केन्द्रमा नियमित ज्याला मजदुरी गर्दै आउनुभएकी पाण्डेयले छोराछोरी हुर्काउने, पढाउनेदेखि सरकारी जागिरेसम्म पु¥याएको बताउनुभयो ।
कोरोना महामारी र रुस–युक्रेन युद्धका कारण सृजित आर्थिक सामाजिक प्रतिकूलताका कारण १५ औँ पञ्चवर्षीय योजनामा अपेक्षित सफलता हात पार्न नसकेको निष्कर्षसहित राष्ट्रिय योजना आयोग १६ औँ पञ्चवर्षीय योजनाको (२०८१/८२–२०८५/८६) तयारीमा जु्टेको छ । आगामी माघसम्ममा मस्यौदा तयार गरिसक्ने गरी थालिएका आवधिक योजना निर्माणको प्रक्रियामार्फत आर्थिक सामाजिक रूपमा अग्रगामी योजना, संरचनागत परिवर्तन र प्राकृतिक स्रोतसाधनको उच्चतम सदुपयोगमा बढी जोड दिइने आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले बताउनुभएको छ ।
सिन्धुलीको गोलन्जोर गाउँपालिकाले चालु आर्थिक वर्षमा ५५२ विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ। यो गाउँपालिकाको आव २०७९/८० को वार्षिक कार्यक्रम अन्तर्गत स्वास्थ्य बिमा बोर्ड सिन्धुलीसँगको सहकार्यमा अति विपन्न, गरिब, दलित, अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बिमा गरिएको हो।
सुरक्षित र सुन्दर भवन, बालमैत्री कक्षाकोठा, चुस्त दुरुस्त प्रशासनिक तथा व्यवस्थापकीय कक्षा, बालमैत्री एवं छात्रामैत्री शौचालय, सिर्जनात्मक अभ्यास कक्ष, ‘इन्डोर’ र ‘आउटडोर’ खेल मैदान हरेक विद्यालयका न्यूनतम आधारभूत आवश्यकता हुन्। रामेछापको रामेछाप नगरपालिका–३, साँघुटारस्थित कालिका ईश्वरी आधारभूत विद्यालयमा भने यी कुनै पनि सुविधा छैनन्। कक्षा ८ सम्म पढाइ हुने यस विद्यालयमा २२ जना विद्यार्थी छन्। आठ जना शिक्षकको दरबन्दी भएको यो विद्यालयमा अहिले छ जना शिक्षक छन्।
ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा पु-याउने उद्देश्यले नेपाल सरकारले पाँचदेखि १५ शय्याको अस्पताल बनाउने लक्ष्य अनुसार दोलखाको बिगु गाउँपालिका–५ मा सुरु भएको अस्पताल भवन निर्माणको काम अघि बढ्न सकेको छैन।
हास्य कलाकार जोडी सीताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) ले निर्माण गरेको वेब चलचित्र ‘मत मर्छु कि क्या हो’ युट्युबमार्फत सार्वजनिक गरिएको छ । कोरोना कहरको समयमा चितवन आसपासमा खिचिएको चलचित्र यसअघि ओटिटी प्लेटफर्म ओहो मुभिजमा राखिएको थियो । चलचित्र धुर्मुस–सुन्तली युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाली सङ्गीत तथा नाट्य क्षेत्रका अग्रज स्रष्टाहरूलाई ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९’ प्रदान गर्नुभएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानद्वारा समर्पण गरिएको पुरस्कार काठमाडौँ लैनचौरस्थित उपराष्ट्रपति भवनमा मङ्गलबार आयोजित समारोहमा छ जना स्रष्टालाई प्रदान गरिएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।
स्टेजमा बियरको बोतल हान्ने सुमन गुरुङलाई गायक प्रकाश सपुतले माफी दिनुभएको छ । उहाँको भविष्य नबिग्रियोस भनेर प्रकाशले सुमनलाई माफी दिएको जनाउनुभएको छ । सुमनले गायक प्रकाशसँग माफी माग्दै गरेको भिडियो सार्वजनिक भएको छ ।
फेसन पारखीका लागि यति बेलाको मौसम निकै अनुकूल छ । न धेरै जाडो न त अधिक गर्मी । समय समयमा भइरहने वर्षाले शीतलता प्रदान गरिरहेको छ । यही मौसमलाई दृष्टिगत गरेर युवाका लागि निकै मनमोहक फेसन सहर बजारमा आएको छ तर अहिले चलेको फेसन उही ९० को दशकको नै भएको फेसन डिजाइनर बताउँछन् ।