पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक विस्तारको काम सुरु भएको पूर्वी खण्डमा ३८.५९ प्रतिशत काम सकिएको छ । (बर्दघाट–सुस्तापूर्व) मा पर्ने पूर्वी खण्डमा प्रतिमहिना तीन प्रतिशतभन्दा बढी प्रगति आउने गरी काम भइरहेको हो ।
सर्लाहीको हरिपुर नगरपालिका–७, चितायनस्थित मुसहर बस्तीमा स्थानीयले पालेका पशु चौपायालाई मङ्गलबार निःशुल्क भ्याक्सिन लगाइएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सङ्घीय शिक्षा ऐनसम्बन्धी विधेयक छिट्टै संसदमा पेस गर्ने बताउनुभएको छ । गत असार ४ गते मन्त्रिपरिषदमा पेस गरिएको सो विधेयक त्यहाँबाट स्वीकृति प्राप्त हुने बित्तिकै संसदमा पेस गर्ने उहाँको भनाइ थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा कृषि विकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुखसहितका अधिकारीविरुद्ध आज (मङ्गलबार) विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५६ दशमलव ९४ अङ्कले उकालो लागेर दुई हजार एक सय ८६ दशमलव ३६ पुगेको छ ।
ललिता निवास प्रकरणमा प्रहरीले पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मङ्गलबार काठमाडौंबाट शाहलाई पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो ।
कृषि तथा पशुपन्क्षी विकास मन्त्री डा. वेदुराम भुसालले यस वर्ष धानका लागि रासायनिक मलको अभाव नहुने बताउनुभएको छ ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले विभिन्न १३ वटा योजनालाई गौरवको योजनाका रूपमा कार्यान्वयन गर्ने भएको छ।गाउँपालिकाले विभिन्न योजना छनोट गर्दै पालिकाभित्रको गौरवको योजनाका रूपमा कार्यान्वयन गर्ने भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बालबालिकामा मोबाइलको प्रयोगले सर्वाङ्गीण विकासमा असर पार्ने जनाएको छ ।
सात वर्षपछि पाकिस्तानी क्रिकेट टोली भारती भूमिमामा खेल्ने भएको छ । भारतले सात वर्षपछि पहिलो पटक ५० ओभरको विश्वकप खेलका लागि पाकिस्तानको क्रिकेट टोलीलाई स्वागत गर्ने भएको छ ।
बाँकेमा भारतबाट हुने अवैध आयात र तस्करी बढेको छ। नेपाल भारत मुख्य नाका जमुनाहामा भारतबाट सय रुपियाँ भन्दा बढीको सामान ल्याउनेसँग राजस्व सङ्कलन गर्न थालिएपछि साइड नाकाबाट अवैध आयात र तस्करी बढेको हो।
अन्तर्राष्ट्रिय खेलकुद परिषद् (आइसिसी) ले भारतका आयोजना हुने एक दिवसीय विश्वकप क्रिकेट–२०२३ को खेल तालिका सार्वजनिक गरेको छ ।
जापानले आगामी जुलाईदेखि दक्षिण कोरियालाई विश्वसनीय व्यापार साझेदारहरूको सूचीमा पुनर्स्थापित गर्दैछ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विश्वविद्यालयलाई समयसापेक्ष रूपमा सक्षम, समृद्ध बनाउँदै राष्ट्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ।