ऐतिहासिक महत्त्व बोकेका धनकुटाको पाख्रिवास नगरपालिका वडा नं. ७ र ८ का पुराना घरहरू संरक्षणको पर्खाइमा छन् । उक्त घरहरू संरक्षण नहुँदा अहिले भत्किन थालेका छन् ।
ललिता निवास प्रकरणको अनुसन्धानका लागि भन्दै भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय ट्रमिनल भवनपरिसरमा भीडभाड बढेपछि हवाई सुरक्षा जोखिमलाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताउनुभयो । सम्भावित हवाई सुरक्षा जोखिमलाई मध्यनजर गर्दै विमानस्थल सुरक्षा समितिले एक जनाका लागि तीन जना मात्रै जान पाउने निर्णय गरेको हो ।
जुम्लामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कनकासुन्दरी गाउँपालिका– ८ स्थित सुमलगाउँको खलापानी जिउलोमा धान गोड्ने क्रममा करेन्ट लागेर अन्दाजी १७ प्रमीला परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिनुभयो ।
तनहुँमा पहिलो पटक व्यावसायिक रूपमा अङ्गुर खेतीको परीक्षण सफल भएको छ । परीक्षणका लागि लगाएको अङ्गुरमा फल लागेको हो ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भैरहवाबाट हङकङमा सिधा उडान गर्ने भएको छ ।काठमाडौंबाट हङकङ सिधा उडान गरिरहेको नेपाल एयरलाइन्सले भैरहवाबाट पनि उडान सञ्चालन गर्न लागेको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालयको स्वतन्त्र अस्तित्व कायम नै रहने स्पष्ट पार्नुभएको छ ।
विगत दुई वर्ष वर्षाको समयमा मेलम्चीको पानी काठमाडौँ ल्याउन नसकिएकामा यो वर्षदेखि वर्षाभर पनि ल्याउने योजना बनाइएको छ ।
जेठ ३२ गते सत्यवती गाउँपालिकाका बैङ्क, सहकारी लगायत घरहरू तोडफोड गरी नगद, गरगहना चोरी भयो, त्यो घटनाको दोषी पत्ता नलाग्दै कालीगण्डकीमा पनि चोरी भयो।
पूर्वी नेपालमा आएको बाढीपहिरोका कारण नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा एक सय ६४ मेगावाट बराबरको बिजुली आपूर्ति अवरुद्ध भएको छ ।
एक सय रुपियाँभन्दा बढीको सामानमा भन्सार लगाउन थालिएपछि सीमावर्ती क्षेत्र सुनौलीको व्यापार खस्किएको छ । रुपन्देहीको बेलहिया नाका हुँदै भारतबाट सामान खरिद गरेर ल्याउन प्रशासनले कडाइ गर्दा भारतीय बजार सुनौलीको कारोबारमा भारी गिरावट आएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयका शैक्षिक गतिविधि निर्धारित समयमै हुनुपर्ने बताउँदै शैक्षिक क्यालेन्डर दृढतापूर्वक लागू गर्न निर्देशन दिनुभएको छ ।
नेपाली कांग्रेसले आर्थिक वर्ष २०८०/८१ को बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ ।
प्रतिनिधि सभा बैठक केही समयका लागि स्थगित भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अवरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।
काठमाडौंको वसुन्धरामा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोली निष्क्रिय पारेको छ । शङ्कास्पद वस्तु फेला परेपछि केहीबेर उक्त क्षेत्रमा यातायात अवरोध भएको थियो ।