एक महिलाले विदेशी नागरिक बनेर मायाजालमा पारी आठ लाखभन्दा बढी रकम ठगी गरेकी छिन् ।
हिमालपारीको जिल्ला मुस्ताङका पाँच वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति कार्यक्रम एवम् बजेट पारित गरेका छन् ।
आकाशे पानीको भरमा रोपाइँ गर्दैआएका कैलालीका किसानले रोपाइँ सुरु गरेका छन् । वर्षा सुरु भएपछि कृषकहरुले धमाधम रोपाइँ थालेका हुन् । आइतबार र सोमबार विहान किसानलाई रोपाइँ गर्न पुग्नेगरी वर्षा भएपछि कृषकहरु खेतमा व्यस्त भएका छन् ।
मध्यपहाडी राजमार्गअन्तर्गत पोखरा–वाग्लुङ सडक कास्कीको अन्नपूर्ण गाउँपालिका काँडे नजिक पाउदुर खण्डमा पटक पटक सडक अवरुद्ध हुदाँ दर्जनौँ सवारीसाधन अलपत्र भएका छन् भने हजारौँ सङ्ख्यामा यात्रुले द:ख पाएका छन् ।
बुटवल उपमहानगरपालिकाको आयोजनामा वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला हुनेभएको छ । यही असार १३ गते विहान १० बजेदेखि साँझ ५ बजेसम्म कालिकानगरको महाराजा रिर्सोटमा मेला आयोजना हुनेछ ।
किसानको गोठसम्म पुगेर निःशुल्क भ्याक्सिन लगाउने काम भईरहेको र सो सङ्ख्यामा लगाउने काम पुरा भईसकेको नगरपालिकाले जनाएको छ ।
गल्याङ नगरपालिकाले वडा नं –५, जोगिमारा स्यालवास तामेकोट सडकलाई विष्णु क्षेत्री मार्ग नामाकरण गरिने भएको छ ।
नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले जलहरी उदघाटन गर्नेको नाम राखिनु सामान्य रहेको बताउनुभएको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले वैदेशिक रोजगारीमा ठगिएका एक व्यक्तिको रकम फिर्ता गराएको छ ।
बजाज खडक वारियर्सले पाँचौ संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको उपाधि जितेको छ। वारियर्सले तेश्रो पटक लिगको उपाधि जितेको हो ।
नगरपालिकाको १२ वटा वडाका जन्मेदखि २३ महिनासम्मका ६५६ बालबालिकाले सम्पूर्ण खोप लगाएको सुनिश्चित भएसँगै नगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता नगरका रुपमा घोषणा गरिएको हो ।
पानी नपरेपछि पाल्पाको अधिकांश भूभागमा धान रोपाइँ हुन सकेको छैन । गत वर्ष यही समयमा पाल्पाका अधिकांश स्थानमा रोपाइँ सुरु भइसकेको थियो । यो वर्ष पर्याप्त वर्षात् हुन नसक्दा रोपाइँ सुरु हुन नसकेको किसानले बताएका छन् ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्न पर्यटन सूचना केन्द्र स्थापना गर्ने भएको छ ।
मेची राजमार्ग अन्तर्गत हेवाखोलामा डाइभर्सन निर्माण गर्न राखिएको ह्युमपाइपले पानीको बहाव थेग्न नसकेपछि सवारी आवागमन अनिश्चित् भएको छ ।
जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दा हाल्ने किशोरीलाई अन्तरिम क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको छ ।