उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले बजेट अभावका कारण नेपाली सेनाले जिम्मेवारी लिएको सडक निर्माणको काम समयमै सम्पन्न हुन नसकेको बताउनुभएको छ ।
म्याग्दीका ६ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम र बजेट पारित गरेका छन् । गाउँ तथा नगर सभा मार्फत बेनी नगरपालिका, मङ्गला, मालिका, धवलागिरि, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाले एकमुष्ट २ अर्ब दुई करोड ५३ लाख ४१ हजार एक सय रुपियाँ बराबरको बजेट पारित गरेका हुन् ।
डडेल्धुरा–डोटी जोड्ने सेती राजमार्ग अन्तर्गत रडुवाखोलामा मालवाहक मिनिट्रक खसेको छ । केआइसिंह राजमार्ग भनिने सो राजमार्गको डडेल्धुराको गन्यापधुरा गाउँपालिका –२ स्थित रडुवाखोलामा मिनीट्रक खसेको हो ।
बर्दियाका आठ वटा पालिकाहरूमध्ये ६ पालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् भने २ वटा पालिका गेरुवा गाउँपालिका र मधुवन नगरपालिकाले नीति तथा कार्यक्रम मात्र प्रस्तुत गरेका छन् ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका नवनियुक्त राजदूत पार्क ताइयोङले शिष्टाचार भेट गर्नुभएको छ । सोमबार सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्षको सचिवालयमा भेट भएको हो ।
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको सङ्ख्या कटौती गर्न उपयुक्त नहुने बताउनुभएको छ ।
नौमती बाजामार्फत जातीय भेदभाव मेटाउन अग्रणीरूपमा यहाँका महिला सक्रिय देखिएका छन् । बाहुन, राई, दलितलगायत समुदायका महिलाले जातीय भेदभाव र छुवाछूतजस्ता सामाजिक विकृतिलाई तोड्दै नौमती बाजा बजाउनका लागि समूह गठन गरेका छन् ।
प्रतिनिधि सभा सांसद दीपक गिरीले चट्याङबाट मृतक हुनेको परिवारलाई १० लाख रुपियाँ क्षतिपूर्ति दिन माग गर्नुभएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद गिरीले चट्याङबाट मृत्यु हुनेको परिवारलाई १० लाख रुपियाँ क्षतिपूर्ति दिनुपर्ने माग गर्नुभएको हो ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन बढेको छ । हाल वर्षा हुन थालेपछि उत्पादन बढेको तर पूर्ण क्षमतामा भने उत्पादन हुन नसकेको केन्द्रले जनाएको हो ।
जनता समाजवादी पार्टी, (जसपा) नेपालको विधान अधिवेशन काठमाडौँमा जारी रहेको छ । अधिवेशनको दोस्रो दिन आज सहभागीबीच समूह निर्माण गरेर छलफल जारी रहेको छ ।
झापाका १५ वटै पालिकाले आर्थिक वर्ष २०८०-८१ का लागि बजेट ल्याएका छन् । यस आर्थिक वर्षमा झापामा कुल १३ अर्ब ६६ करोड २४ लाख रुपियाँ बराबरको बजेटमा सबैभन्दा बढी बजेट दमक नगरपालिकाको एक अर्ब ८४ करोड, १२ लाख रुपियाँ रहेको छ भने सबैभन्दा कम बजेट हल्दिवारी गाउँपालिकाले ४७ करोड ७४ लाख ३० हजार रुपियाँ बराबरको रहेको छ ।
तालिबान नेता मौलवी हिबतुल्लाह अखुन्दजादाले इद–उल–अजहाको आगमनपछि एक सन्देश जारी गर्दै तालिबानले विश्व, विशेषगरी इस्लामी मुलुकसँग असल राजनीतिक तथा आर्थिक सम्बन्ध चाहेको र यस सम्बन्धमा आफ्नो जिम्मेवारी पूरा गरेको बताउनुभएको छ ।
लागूऔषध तस्करहरूले बिलियर्ड हलमा ११ जनाको गोली हानी हत्या गरेपछि राष्ट्रपति सिओमारा क्यास्ट्रोले होन्डुरसको एक क्षेत्रमा आइतबार कर्फ्युको घोषणा गर्नुभएको छ ।
पाँच नगरपालिका र छ गाउँपालिका सहित ११ स्थानीय तह रहेको स्याङ्जामा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १० पालिकाले मात्र बजेट सार्वजनिक गरेका छन् । बिरुवा गाउँपालिकामा विवादका कारण बजेट ल्याउन सकेको छैन ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागूऔषध नियन्त्रणसम्बन्धी राष्ट्रिय नीति तथा रणनीति र कानुनले अङ्गीकार गरेका कार्यक्रमको सफल कार्यान्वयन गर्न सबैपक्षबाट इमान्दार प्रयासको आवश्यकता रहेको बताउनुभएको छ ।