नेपालमा सन् १९५१/५२ अर्थात् विक्रम संवत् २००८ सालमा पहिलो बजेट वर्षको अन्त्यमा रेडियो नेपालमार्फत सार्वजनिक भएको थियो । कच्चा नछोड्नू, जम्मा नजोड्नू भन्ने ठाडो आदेशमा अर्थ व्यवस्था चलिरहेको बेलाको यो एउटा युगान्तकारी कदम थियो । तत्पश्चात् पहिले सन् वर्षको अन्त्यमा बजेट पेस हुँदै आएकोमा पछि आर्थिक वर्षको अन्त्यमा बजेट पेस हुँदै आएको थियो । नेपालको संविधान २०७२ जारीपश्चात् संविधानको धारा ११९ को उपधारा ३ मा “नेपाल सरकारको अर्थमन्त्रीले उपधारा (१) बमोजिम राजस्व र व्ययको अनुमान प्रत्येक वर्ष जेठको १५ गते सङ्घीय संसद्मा पेस गर्नेछन्” भन्ने संवैधानिक व्यवस्था भए अनुसार यस आर्थिक वर्ष २०८०/८
‘मिडिया साक्षरता’ साक्षरताको एक विस्तारित अवधारणा हो । यस अन्तर्गत मिडिया सन्देशहरू पहुँच र विश्लेषण गर्ने क्षमताका साथै सिर्जना, प्रतिविम्बित र कारबाही गर्ने क्षमता समावेश हुन्छ । यसमा सञ्चारकर्मी भन्दा पनि पाठक तथा जनतामा सञ्चार माध्यमबाट प्रकाशन तथा प्रसारण भएका सम्पादकीय, लेख, आलेख आदिले विचार निर्माणको कस्तो भूमिका खेल्छ र एउटै सन्देशबाट मानिसमा कस्तो बुझाइको विकास हुन्छ र उनीहरूले के धारणा निर्माण गर्छन् भन्ने कुराको बोध हुन्छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेको ०७९/८० को प्रतिवेदन अनुसार हाम्रो मुलुकमा सबैभन्दा बढी भ्रष्टाचार हुने पाँच क्षेत्रमध्ये शिक्षा क्षेत्र दोस्रो स्थानमा रहेको छ । कानुनले सामुदायिक विद्यालयमा आर्थिक कारोबार गर्ने अधिकार प्रधानाध्यापक र लेखा कर्मचारीलाई मात्र दिएको छ । आर्थिक कारोबारमा अन्य शिक्षकको कुनै भूमिका नरहेकाले विद्यालयमा हुने हरेक आर्थिक अनियमितताका लागि स्वयम् प्रधानाध्यापक नै जिम्मेवार हुने कुरा यसले पुष्टि गर्छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा यात्रुको सुविधाका लागि विभिन्न सुधार गरिएको बताइएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले पछिल्लो तीनमहिने कार्यप्रगतिको विवरण सार्वजनिक गर्दै विमानस्थलमा यात्रुमैत्री सेवा व्यवस्थित गरिँदै लगेको बताउनुभएको हो ।
लहान नगरपालिकाले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिँदै ‘हाम्रो लहान, सभ्य सुन्दर र समुन्नत लहान’ को नारा कार्यान्वयन गर्न आर्थिक वर्ष २०८०/८१ का लागि एक अर्ब १६ करोड २२ लाख आठ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ। नगर प्रमुख महेशप्रसाद चौधरीले आइतबार आयोजित नगर सभामा नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नुभएको हो। यसअघि नगर सभाको उद्घाटन गर्दै मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले लहान नपाको जनपक्षीय बजेट कार्यान्वयनमा विशेष ध्यान दिन आग्रह गर्नुभयो।
जनप्रतिनिधिबिचको आपसी द्वन्द्वका कारण सर्लाहीका तीन वटा स्थानीय तह आइतबार बजेट ल्याउन असफल भएका छन्। स्थानीय सरकार सञ्चालन ऐन अनुसार पालिकाले हरेक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्ययको अनुमान गाउँ वा नगर सभामा पेस गर्नुपर्छ । तर विवाद रहेको यहाँका हरिपूर्वा नगरपालिका, हरिवन नगरपालिका र चन्द्रनगर गाउँपालिकाले बजेट ल्याउन सकेनन्। देशभरमै सबैभन्दा बढी २० वटा स्थानीय तह रहेको सर्लाहीमा अन्य पालिकाले भने आआफ्नो गाउँ तथा नगर सभामा बजेट प्रस्तुत गरेका छन्।
जन्मको आधारमा नागरिकता प्राप्त नागरिकका सन्तानलाई वंशजको नागरिकता लिन मार्गप्रशस्त भएपछि जिल्ला प्रशासन कार्यालय पर्सामा घुइँचो लागेको छ । कार्यालयले दर्ता प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन आइतबारदेखि अनलाइन टोकन प्रणाली लागु गरेको छ । प्रशासकीय अधिकृत विनय श्रीवास्तवका अनुसार जन्मसिद्ध नागरिकता प्राप्त नागरिकका सन्तानलाई वंशजको आधारमा नेपाली नागरिकता उपलब्ध गराउने सन्दर्भमा नागरिकता वितरणमा सहज, सरल, छिटोछरितो, निष्पक्ष र पारदर्शी गर्न टोकन प्रणाली लागु गरिएको बताउनुभयो । सेवाग्राहीलाई पालो कुर्नुपर्ने झन्झटिलो र सास्ती खेप्नुपर्ने अवस्था अन्त्य गरिएको उहाँले बताउनुभयो ।
धनकुटाका सात पालिकामध्ये पाँच पालिकाले मात्र नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन्। धनकुटा नगरपालिका र सागुरीगढी गाउँपालिकाबाहेकका पालिकाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका हुन्। धनकुटाका सबै पालिकाको प्राथमिकतामा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार परेका छन्। यो वर्ष महालक्ष्मी नगरपालिकाले ७७ लाख ९२ हजार रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। महालक्ष्मी नपाले शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशीलता, खानेपानी तथा विपत् व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखेको प्रमुख ध्रुवराज रायले जानकारी दिनुभयो।
धनकुटाको चौबिसे गाउँपालिका–३, कुरुले बन्दुके डाँडाका दीर्घमान तामाङ बसाइँ सरेर तराई जाने तयारीमा हुनुहुन्थ्यो। बसाइँ सर्न खोज्नुको कारण थियो, छिमेकी सबै बसाइँ सरेर जानु। एक समय जिल्लाकै बाक्लो बस्ती रहेको सो क्षेत्र पछिल्लो समय रित्तिँदै थियो। सबै बसाइँ सरेर जानुको कारण अवसर र सुविधाको खोजी थियो। दीर्घमान पनि अब कुरुलेमा केही गर्न नसकिने रहेछ भन्ने सोचेर बसाइँ सर्ने निचोडमा पुग्नुभएको थियो। बसाइँ सर्ने तयारी गरिरहँदा केही छिमेकी लोकेन्द्रकुमार याक्खा, भोजकुमार काफ्ले, गोपीकृष्ण भण्डारीलगायत छिमेकीसहित एक विदेशी व्यक्तिले दीर्घमानलाई एक योजना सुनाउनुभयो। जसमा कुरुलेमै कृषि क्षेत्रमा केही गर्न सकिन्छ भन्ने थियो। बसाइँसराइले उजाड बन्दै
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने फुटबल प्रतियोगिताका लागि प्रायोजकको कहिल्यै कमी भएन । यसबाहेक फिफाबाट एन्फालाई वार्षिक रुपमा लाखौँ डलर समेत आए त्यसैले यो संस्था धनी मध्येको एक बनेको छ । अन्य खेल संस्थाभन्दा एन्फा आर्थिक र भौतिक रूपमा सबल छ । तर अहिले नेपाली फुटबलको लोकप्रियतालाई क्रिकेटले चुनौती दिइरहेको छ । फिफाको खातामा रहेको एन्फाको रकम पनि कन्ट्रोल फन्डिङमा हुँदा एन्फा आर्थिक रूपले पनि समस्यामा छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले राष्ट्रिय दुग्ध विकास बोर्डको काममा सरकार असन्तुष्ट भएर होइन, खर्च कटौती पुनरवलोकन आयोगको सिफारिसका आधारमा त्यसलाई खारेजको सूचीमा राखेको बताउनुभयो । नेपाल डेरी एसोसिएसनले प्रकाशन गरेको ‘डेरी दर्पण’ आइतबार विमोचन गर्दै उहाँले बोर्डलाई खारेज होइन, पुनर्संरचना गर्न लागिएको बताउनुभयो । बोर्ड खारेज हुँदैमा आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउँदै मन्त्री भुसालले सरकार दुग्ध विकासको विरुद्ध रहेको भनेर गलत प्रचार भइरहेको बताउनुभयो ।
यही महिनाको अन्तिममा रिलिज हुने नेपाली चलचित्र ‘बगान’को गीत सार्वजनिक भएको छ । ‘न वारमा छु, न पारमा छु’ बोलको गीतमा सुरेश वाग्लेको शब्द रचना, हरि लम्सालको सङ्गीत र अञ्जु पन्तको स्वर रहेको छ । भिडियोमा अभिनेतृ करिश्मा मानन्धरलाई प्रमुख स्थान दिइएको छ ।
नेवाः कला संस्कृतिको ३३ सय वर्षभन्दा पुरानो इतिहास बोकेको वज्रयोगिनी क्षेत्र र वज्रयोगिनीबारे निर्माण गरिएको वृत्तचित्र ‘द योगिनी’ को प्रोमो र पोस्टर अस्ट्रेलियाको सिड्नीमा सार्वजनिक गरिएको छ । सिड्नीको क्याम्प्सी सहरको कम्युनिटी हलमा गुथि अस्ट्रेलियाका अध्यक्ष उमेश नापितले पोस्टर अनावरण गर्नुभएको गुथि अस्ट्रेलियाले जनाएको छ । कार्यक्रममा गुठीका भाषा संस्कृति अध्ययन समितिका संयोजक श्याम सैँजूले गौरवमय परम्परा रहेको वज्रयोगिनी क्षेत्र र वज्रयोगिनीबारे बनाइएको वृत्तचित्र नेपालको इतिहास अध्ययन गर्नेका निम्ति महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभएको गुथि अस्ट्रेलियाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
अघिल्लो साता सामान्य सुधारिएर बन्द भएको सेयर बजार यो साताको पहिलो दिन उच्च अङ्कले सुधारिएको छ । ६२ अङ्कले उकालो लागेको परिसूचकलाई साथ दिँदै कारोबार रकम पनि साढे छ अर्ब पुगेको छ । आइतबार सेयर बजारमापक नेप्से परिसूचक ६२.२१ अङ्कले उकालो लागेर दुई हजार ११७.७३ को बिन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ९.६४ अङ्कले उकालो लागेर ३९५.६४ को बिन्दुमा पुगेर रोकिएको छ ।
नागार्जुन नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि दुई अर्ब १५ करोड रुपियाँको बजेट सातौँ नगर सभाबाट पारित गरेको छ । सङ्घ र प्रदेश सरकारको विभिन्न शीर्षकको अनुदान र आफ्नै आन्तरिक स्रोतलाई आधार मानेर नगरपालिकाले आगामी आवका लागि उक्त बजेट नगर सभामा प्रस्तुत गरी पारित गरेको हो । अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले आगामी आवका लागि चालु आवको असार १० गतेभित्र बजेट सभामा पेस गरी असार मसान्तभित्र पारित गर्नुपर्ने व्यवस्था गरेको छ ।