• २५ जेठ २०८२, आइतबार

पाँच पालिकाको बजेट सार्वजनिक

blog

कविराज घिमिरे 

धनकुटा, असार ११ गते । धनकुटाका सात पालिकामध्ये पाँच पालिकाले मात्र नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन्। धनकुटा नगरपालिका र सागुरीगढी गाउँपालिकाबाहेकका पालिकाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका हुन्। 

धनकुटाका सबै पालिकाको प्राथमिकतामा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार परेका छन्। यो वर्ष महालक्ष्मी नगरपालिकाले ७७ लाख ९२ हजार रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। महालक्ष्मी नपाले शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशीलता, खानेपानी तथा विपत् व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखेको प्रमुख ध्रुवराज रायले जानकारी दिनुभयो।

यता पाख्रीबास नगरपालिकाले ७७ करोड रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। यो वर्ष कृषि, शिक्षा र स्वास्थ्यलाई पालिकाले मुख्य प्राथमिकतामा राखेको प्रमुख ज्ञानबहादुर गुरुङले जानकारी दिनुभयो। त्यस्तै  सहिदभूमि गाउँपालिकाले ४५ करोड ९९ लाख रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ।  सहिदभूमिले यो वर्ष पनि पूर्वाधार, सामाजिक तथा आर्थिक क्षेत्रलाई प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष मनोज राईले जानकारी दिनुभयो। छथर जोरपाटी गाउँपालिका र चौबिसे गाँउपालिकाले पनि आइतबार नै बजेट सार्वजनिक गरेको छ।