प्रकाशक क्रियटिभ बुक्सले नेपाली खेलकुदको समग्र इतिहासको वृत्तान्त खोतल्ने खोजमूलक पुस्तक ‘नेपाली खेलकुदको वृत्तान्त’ प्रकाशन गर्ने भएको छ ।
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट विनियोजन गरेको छ।
स्थानीय तहले आर्थिक वर्षको बजेट सभा गर्न थालेका छन् । आगामी आर्थिक वर्षमा स्थानीय सरकारका कार्यक्रम, भावी योजनाका बारेमा गाउँ तथा नगर सभा गर्न थालेका हुन् ।
विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८० र २०८१ का लागि ३ अर्ब २८ करोड ५० लाखको अनुमानित विनियोजन पेस गरेको छ ।
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाले दलित समुदायको परम्परागत सिप तथा संस्कृति संरक्षण गर्न पञ्चेबाजा हस्तान्तरण गरेको छ ।
तुलसीपुर उपमहानगरपालिकाले मासु र दूध उत्पादन गर्ने किसानलाई नगद अनुदानको व्यवस्था गर्ने भएको छ ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहकार्यको संस्कृतिको सम्मान गर्दै शान्ति सुरक्षाको भरपर्दो वातावरण बनाउन सरकार क्रियाशील रहेको बताउनुभएको छ ।
गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ८ फल्लेनी निवासी अन्दाजी ४० वर्षकी विष्णु विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नवीन किशोर प्रधानले जानकारी दिनुभयो ।
राष्ट्रिय सभाको बैठक सुरु भएको छ । राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संविधानको धारा ५३ बमोजिम नेपाल सरकारको वार्षिक प्रतिवेदन २०७८/७९ पेस गर्नुहुने सम्भावित कार्यसूची छ ।
प्युठानको सरुमारानी गाउँपालिकामा सबै जनप्रतिनिधीहरुका लागि एकै किसिमको पोसाक लागू गरिएको छ । पुरुषले लोगो सहितको कोट, पाइन्ट र महिला जनप्रतिनिधिले सारी र ब्लाउज लगाउन सुरु गरिएको हो ।
चन्द्रपुर नगरपालिकाले खरिद गरेर ल्याइएको दुईवटा घुम्ती शौचालय लामो समयदेखि त्यतिकै थन्किदा सरकारी लगानी बालुवामा पानी भने झैँ देखिएको छ । शौचालय प्रयोगमा ल्याउन नगरपालिकाले चासो नदिँदा ती शौचालय त्यतिकै थन्किएका हुन् ।
सांसद रोशन कार्कीले विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकमाथिको छलफलमा सांसदहरूको सहभागिता न्यून भएको भन्दै गुनासो गर्नुभएको छ ।
जनता समाजवादी पार्टी, नेपालको विधान अधिवेशन आजबाट सुरु भएको छ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद्ले बजेट संशोधन गर्नसक्ने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।
जिल्लाको रिव्दीकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ५३ करोड ६८ लाखको बजेट ल्याएको छ ।