सिमकोट गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षबाट ‘एक गाउँ एक विशेष उत्पादन’ कार्यक्रम लागु गर्ने भएको छ । शनिबार सातौँ गाउँ सभामा गाउँपालिकाले पेस गरेको नीति तथा कार्यक्रममा छरिएर कृषि क्षेत्र विकास गर्नुभन्दा पकेट क्षेत्रको विकास गर्दै त्यो कार्यक्रम कार्यान्वयनमा ल्याउने उल्लेख गरिएको हो । गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले सभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा धेरै सम्भावना भएको कृषि क्षेत्रको विकासका लागि एक गाउँ एक विशेष उत्पादन कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताउनुभयो । यो कार्यक्रम अन्तर्गत पकेट क्षेत्रको विकासका लागि कृषक समूह, सहकारी र नीति क्षेत्रलाई परिचालन गर्ने नीति गाउँपालिकाले लिएको छ । विशेष गरी यस वर्षबाट सिमकोट गाउँपालिकाबाट खाद्य व्यवस्था तथा व्यापार क
नेपाल राष्ट्र बैङ्कले आइतबार फेरि बजारबाट २० अर्ब रुपियाँ खिच्ने भएको छ । बैङ्किङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैङ्कले आइतबार फेरि बजारबाट तरलता प्रशोचन गर्न लागेको हो । राष्ट्र बैङ्कले आइतबार रिभर्स रिपो जारी गरी २० अर्ब रुपियाँ तान्न लागेको हो ।
स्थानीय लोकसंस्कृतिको संरक्षण गर्ने उद्देश्यसहित खलङ्गामा सिँगारु नाच प्रतियोगिता आयोजना गरिएको छ । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानद्वारा आयोजित प्रतियोगितामा भेरी नगरपालिका–११, जगतीपुरको नृत्य समूह प्रथम भएको छ । नलगाड नगरपालिकाको समूह द्वितीय र भेरी नगरपालिका–४, बोहरा गाउँको नृत्य समूह तृतीय भएको छ ।
काठमाडौँ उपत्यकाका २२ वटाभन्दा बढी लोकदोहोरी व्यवसायीलाई गीत सङ्गीतको सार्वजनिक प्रयोग गर्नका लागि अनुमति पत्र (लाइसेन्स) प्रदान गरिएको छ । नेपाल प्रतिलिपि अधिकार कार्यालय र सङ्गीत तथा चलचित्र उत्पादक समाज नेपालले लोकदोहोरी व्यवसायीसँग ‘प्रतिलिपि अधिकार कानुन कार्यान्वयन तथा लोकदोहोरी साँझ रेस्टुरेन्टको सार्वजनिक प्रयोगबापतको सङ्गीत रोयल्टी’ विषयक अन्तर्क्रिया कार्यक्रममा उनीहरूलाई अनुमतिपत्र प्रदान गरेको हो ।
चलचित्र ‘अन्तिम संस्कार’ शुक्रबारदेखि हलमा लागेको छ । सामाजिक कथावस्तुमा बनेको चलचित्रमा हराएको एक फिल्म मेकरलाई खोज्न जड्याहा प्रहरी अधिकृतको नेतृत्वमा चलाइएको अपरेसनको कथा देखाइएको छ । चलचित्रलाई प्रदीप शाहीले निर्देशन गर्नुभएको छ भने विजय लामा, दिया पुन, रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचन्द्र राई, विशाल पहारीलगायतको अभिनय रहेको छ । विनोद सुवेदी ‘क्षितिज’ निर्माता रहनुभएको चलचित्रको कार्यकारी निर्मातामा भाइराजा थापा, राजकुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रवीन्द्र श्रेष्ठ हुनुहुन्छ । बाबु श्रेष्ठको छायाङ्कन र रुपेश गुरुङको सम्पादन रहेको चलचित्रको प्रोडक्सन डिजाइनर प्रेम खड्का हो ।
सामाजिक विषयवस्तुको उठान गरेको भन्दै पूर्वमन्त्रीहरूले चलचित्र ‘नीरफूल’ को प्रशंसा गरेका छन् । पूर्वमन्त्रीहरू पार्वत गुरुङ, रघु पन्त, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य मीनबहादुर शाही, पूर्वसांसद नवीना लामालगायतले चलचित्र ‘नीरफूल’ हेरेर प्रशंसा गर्नुभएको हो । पूर्वमन्त्री गुरुङले भन्नुभयो, “हलमै आएर चलचित्र हेरेको मेरो पहिलो अनुभव हो । भूकम्पको त्रासदीसँगै नीरफूलमा सामाजिक विषय उठाइएको रहेछ । निकै खुसी लाग्यो ।”
बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिबार राति ९ बजे चट्याङ पर्दा उनको छ वर्षीय दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको हो ।
नेपाल बालसाहित्य समाजको २८ औँ वार्षिक सम्मेलन प्युठानस्थित जनता माध्यमिक विद्यालयमा आगामी मङ्सिरको दोस्रो साता हुने भएको छ । शनिबार प्युठानमा भएको सरोकारवाला संस्थाहरूको बैठकले यस्तो निर्णय गरेको नेपाल बालसाहित्य समाजका महासचिव विजयराज आचार्यले जानकारी दिनुभयो ।
बाढीका कारण पुल बगेपछि ठप्प भएको मेची राजमार्ग अन्तरगत फिदिम–ताप्लेजुङ सडक खण्डमा डाइभर्सन गरेर सुचारु गर्ने तयारी गरिएको छ ।
प्रमुख निर्यातजन्य वस्तुका रूपमा रहँदै आएको गलैँचा उद्योगले पाउँदै आएको दुई प्रकारको सुविधा एकै पटक खारेज भएपछि उद्योग सङ्कटमा पर्ने व्यवसायीले बताएका छन् । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत मूल्य अभिवृद्धि कर (भ्याट) तथा आयकरमा समेत पाउँदै आएको छुट हटाउँदा दुई लाखभन्दा बढी श्रमिक आबद्ध भएको गलैँचा उद्योग नै सङ्कटमा पर्ने भन्दै व्यवसायी चिन्तित बनेका हुन् ।
ललितपुर महानगरपालिकाले चालु आर्थिक २०७९÷८० को जेठ मसान्तसम्म ४० प्रतिशतमात्रै पुँजीगत खर्च गरेको छ । महानगरका सूचना अधिकारी देव गुरागाईँका अनुसार ललितपुरले जेठ मसान्तसम्म पुँजीगततर्फ रु दुई अर्ब सात करोड बजेटमात्रै खर्च गर्न सफल भएको हो । यो महानगरको वार्षिक पुँजीगत बजेट रु पाँच अर्ब १९ करोड ३५ लाखको ४० प्रतिशत हो ।
दर्ता नभएका मोबाइल राजस्व तिरेर दर्ता गर्न सकिने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले कार्यान्वयनमा ल्याएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा आवश्यक विवरण भरेर राजस्व बुझाएपछि मोबाइल दर्ता गर्न सकिने भन्सार विभागले जनाएको हो । दर्ता नभएका त्यस्ता मोबाइलको राजस्व बुझाएर असार ३० गतेसम्म दर्ता गर्न सकिने विभागले उल्लेख गरेको छ ।
शिक्षा मन्त्रालयले मुलुकभरका सामुदायिक विद्यालयमध्येबाट १९७ वटा उत्कृष्ट विद्यालय छनोट गरेको छ। मुलुकभरिका करिब २८ हजार सामुदायिक विद्यालयमध्येबाट शैक्षिक, भौतिक तथा प्रशासनिक सुधारका क्षेत्रमा उत्कृष्ट काम गरेका ती विद्यालय छनोट गरिएको हो। छनोटमा परेका विद्यालयलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत पाँच लाख रुपियाँका दरले आर्थिक सहायता उपलब्ध गराउने छ। हरेक जिल्लाको एक निर्वाचन क्षेत्रबाट एउटाका दरले १६५ वटा विद्यालय छनोट गरिएको मन्त्रालयले जनाएको छ।
अधिकांश स्थानीय तहले आइतबार आगामी वर्षको नीति, कार्यक्रम र बजेट आआफ्नो सभामा पेस गर्दै छन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले सबै स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट आआफ्नो सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । उक्त कानुनी व्यवस्था अनुसार सबै स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आआफ्ना सभामा पेस गर्ने तयारी गरेका हुन् ।
मनसुन सुरु भएसँगै देशव्यापी रूपमा बाढीपहिरोको कहर सुरु भएको छ । असार १ गतेदेखि यता बाढी र पहिरोबाट १७ जनाको ज्यान गएको छ । तीमध्ये पहिरोले सबैभन्दा बढी १५ जनाको ज्यान लिएको छ । बाढीपहिरोमा परेर बेपत्ता भएका २६ जना अझै भेटिएका छैनन् । नेपालमा असार १ गते मनसुन भित्रिएको हो ।