डुम्रे–वेशीसहर सडक खण्डमा पर्ने भानु नगरपालिका–९ बडहरेमा बस र कार शनिबार दिउँसको ठक्कर खाँदा पाँच यात्रु घाइते भएका छन्। घाइते हुनेमा कारमा सवार रहेका छन्।
पालिकाको शनिबार भएको गाउँसभाको १४ औं (बजेट) अधिवेशनमा पालिकाका उपाध्यक्ष वनस्थम थिङले आगामी आवका लागि प्रस्तुत गर्नुभएको बजेटको आकार चालु आवको तुलनामा घटेर आएको छ।
रोटरी इन्टरनेसनल डिस्ट्रिक-३२९२ ले प्रदान गर्ने गरेको रोटरी जर्नो अवार्डको शिक्षा विधातर्फ गोरखापत्रका पत्रकार प्रकृति अधिकारी पुरस्कृत हुनुभएको छ।
दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । दंगीशरण गाउँपालिकाको फरक फरक दुई स्थानमा चट्याङ लागेर दुई जनाको मृत्युु भएको हो ।
मुक्तिनाथ क्यापिटलद्वारा चाँदबाग स्कुल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौं, असार ९ गते। गलैंचा उद्योगमा हुँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) छुटको व्यवस्था हटाउँदा लाखौं स्वरोजगार मजदुरको रोजगारी संकटमा पर्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत् सरकारले गलैंचालाई भ्याट छुटको सूचीपछि यसको असरबारे नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघले यसको असरबारे चिन्ता र चासो व्यक्त गरेको हो। उक्त व्यवस्थाले यो उद्योगमा समस्या हुने र नेपालको निर्यातमा गम्भीर असर गर्ने भन्दै संघमा अधिकारी प्रधानमन्त्री, अर्थमन्त्रीदेखि सम्बन्धित निकायका प्रमुखसम्म भेटघाट गरेका हुन्। संघको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्दै यो व्यवस्था नहटाउन आग्रह गरेका थिए। तत्कालको अवस्थामा यो क्षेत्रमा भ्याटको कार्यान्वयन असहज हुने मात्रै नभइ यसले व्यवसाय नै बन्द हुनसक्ने र यसबाट लाखौं मजदुरको रोजीरोटी गुम्ने अवस्था भएकोले आफूले सबैलाई ध्यानाकर्षण गराएको संघका अध्यक्ष तेञ्जिङ शेर्पाको भनाइ छ। अघिल्लो साता अर्थमन्त्री प्रकाशशरण महत, अर्थसचिव, राजश्व सचिव, अर्थ मन्त्रालय राजश्व महाशाखाका सहसचिव तथा आन्तरिक राजश्व विभागका महानिर्देशकसँग भेट गरेको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो। उहाँका अनुसार गलैंचा उद्योगमा करिब ६० प्रतिशत व्यवसायी घरेलु तथा साना व्यवसायी आवद्ध छन्। त्यसमध्ये धेरैजसो विपन्न क्षेत्रका अशिक्षित तथा सीमान्तकृत वर्गमा नागरिक छन्।अहिले गलैँचा उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष गरेर करिब दुई लाख श्रमिकले रोजगारी पाइरहेको संघको अनुमान छ। ७० प्रतिशत भन्दा धेरै मूल्य अभिवृद्धि हुँदै आएको यो क्षेत्रले आर्थिक वर्ष २०७८/७९ मा मात्रै नेपालले १० अर्ब ६२ करोड रुपैयाँ बराबरको गलैंचा निर्यात गरेको थियो। यो निर्यात अघिल्लो आर्थिक वर्षको भन्दा ३३ प्रतिशत बढी हो। चालु आर्थिक वर्षमा यस्तो वृद्धि २५ प्रतिशतको हाराहारीमा रहेको उपाध्यक्ष शेर्पा बताउनुहुन्छ। कच्चा पदार्थको लागत र ढुवानी र श्रमिकको ज्यालादर महंगो भएका कारण अहिले नेपाली गलैंचा उद्योग भारत तथा पाकिस्तानको बजारभन्दा करिब ३० प्रतिशत भन्दा महंगो लागतमा उत्पादन भइरहेको संघको तथ्यांक छ।
मेची राजमार्ग अन्तर्गत फिदिम ताप्लेजुङ खण्डको हेवा खोलामा शुक्रबार बिहान निर्माण थालिएको फड्के पुल सञ्चालनमा आएको छ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाले मर्मत सम्भार गरेको सडक पूर्वमन्त्री नेतृत्वको टोलीले भत्काएको छ । विजयनगर गाउँपालिकाले वडा –६ थानखजहनी सडक ग्राभेल गरी मर्मत सम्भार गरेको सडक लुम्बिनी प्रदेशमा पूर्व उद्योग, पर्यटन तथा यातायातमन्त्री जानकी यादवसहितको टोलीले भत्काएको हो ।
आँधीखोला गाउँपालिका र पूर्वाधार विकास कार्यालयले १०.२ किलोमिटर सडक कालोपत्रे गरेका छन्। यहाँ पूर्वाधारले आठ किलोमिटर कालोपत्रे गर्दा गाउँपालिकाले आफ्नो लगानीमा २.२ किलो मिटर सडक कालोपत्रे गरेको हो।
तानसेन नगरपालिकाले केही नयाँ योजनासहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । तानसेन नगरपालिकाको १३ औं नगरसभामा नगर उपप्रमुख प्रतिक्षा सिंजालीले पर्यटन पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले भैरहवामा रमानन्द बानियाँको घर कब्जामा लिएका छन् । शनिबार दिउँसो बानियाँको घर घेराउ गर्दै उनीहरुले कब्जामा लिएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले २०८४ सालको निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो बन्न कसैले रोक्न नसक्ने दाबी गर्नुभएको छ।
साबिक भारपा गाविसको गुराँसे नागीका कुलबहादुर लावती फिदिम नगरपालिका–४ थापाटार मुनि हेवाखोला पुल छेउमा बस्न थालेको ३० वर्ष भयो । किशोरावस्थादेखि नजिकैको बजार फिदिम धाउँदा हेवा खोलामा फड्के तरेको याद लावतीसँग ताजै छ ।
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा शनिबार पुस्तक परिचर्चा तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ।
कर्णाली प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का घाइते हुनुभएको छ। शनिबार रुकुमपश्चिमको चौरजहारी नगरपालिका –३ घारीपाखानेर उहाँ चढेको कर्णाली प्रदेश ००१ झ ००४४ नम्बरको जिप दुर्घटना भएको हो।