तानसेन नगरपालिका र तानसेन खानेपानी उपभोक्ता समितिबीच विवाद उत्कर्षमा पुगेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमानाको सुरक्षाका लागि सरकार संवेदनशील रहेको बताउनुभएको छ ।
कोशीको बाढीबाट हुने सम्भावित खतराको अति सम्वेदनशील क्षेत्रमा रहेको उदयपुरको बेलका नगरपालिका वडा नं ८ लाहुरे खोचस्थित डुम्रीबोटे क्षेत्रमा कोशीको धार मोडिएपछि कटान रोकथामको काम सुरु गरिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न बिक्री डिपोमा ७१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताउनुभएको छ ।
जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको छ । टिकटक प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार नगद, द्वितीय पुरस्कार ३० हजार, तृतीय २० हजार र सान्त्वनालाई १० हजार रुपियाँ नगद पुरस्कारको व्यवस्था गरिएको चौतारीले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि उपजमा उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने अवस्थाको अन्त्य गर्न समर्थन मूल्य तोक्ने व्यवस्था गरिएको बताउनुभएको छ ।
साफ च्याम्पियनसिप २०२३ को छनोट चरण पार गर्न नेपाललाई शनिबार घरेलु टिम भारतविरुद्धको खेल हार्ने छुट छैन । पहिलो खेलमा कुवेतसँग ३-१ ले पराजित भएपछि नेपाल दबाबमा परेको हो ।
जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएपछि सहिद लखनथापा –५ ताक्लुङगाउँ शोकमा डुबेको छ । स्थानीय कसैको आँखा ओभानो छैन । मृत्यु तथा घाइते भएका परिवारलाई समवेदना तथा सान्त्वना दिन टाढाबाट आफन्तजन गाउँमा पुगेका छन् ।
नेपाल प्रहरीले अवैध लागूऔषध कारोबार गर्ने पाँच विदेशी नागरिकसहित १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
यहाँका लेकाली भेगका किसानका लागि भेडापालन व्यवसाय राम्रो आम्दानीको स्रोत बनेको छ । यहाँका कृषकले व्यावसायिक भेडापालनबाट वार्षिक रु सातदेखि नौ लाखसम्म आम्दानी गर्दै आएका छन् । पछिल्लो समय भेडाको घ्यूसँगै मासुको बजारमा राम्रो माग रहेको टेम्केमैयुङका स्थानीय भेडापालक कृषक गोविन्द बस्नेतले बताउनुभयो ।
वडा अध्यक्ष वलीलाई घोराही उपमहानगरपालिका-१० बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभयो ।
खोलाले बगाउँदा एक किशोरीको मृत्यु भएको छ । जिल्लाको ठाटिकाँध गाउँपालिका –४ माझचौरकी १७ वर्षीया किशोरी उर्मिला कठायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
भरतपुर महानगरपालिका–१० हाकिमचोकमा रहेका अवैध संरचना हटाइएको छ । महानगरपालिकाले पटक–पटक सडक क्षेत्राधिकारभित्र पर्ने अवैध संरचना हटाउन अनुरोध गर्दा पनि अटेर गरेपछि आज डोजर लगाएर अवैध संरचना हटाइएको हो ।
सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद एवम् पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले विद्यालय कर्मचारीहरुको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभएको छ ।
नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले इन्जिनियरिङ सर्भेविना सडक निर्माण गर्ने काम तत्काल बन्द गर्न सरकारसँग माग गर्नु भएको छ ।