दोलखाको वैतेश्वर–६ नाम्दुका कालुराम जिम्बा तामाङको एकल प्रयासमा तामाङ मिनी सङग्रहालय निर्माण गरिएको छ ।
यस वर्ष मनसुनजन्य प्रकोपबाट कर्णाली प्रदेशमा झण्डै ३५ हजार ३ सय ३३ जना प्रभावित हुने आँकलन गरिएको छ । विगतको तथ्याङ्कलाई हेर्ने हो भने कर्णाली प्रदेशको रूकुम पश्चिम, दैलेख र सुर्खेत जिल्ला बाढीपहिरोको उच्च जोखिममा छन् ।
पाँचथरमा असार २ गतेदेखि आएको वर्षाका कारण बाढी र पहिरोमा परी विस्थापित हुनेको सङ्ख्या बढेको छ । बिहीबार मध्यान्हसम्म विस्थापितको सङ्ख्या पाँच सय ३६ पुगेको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ ।
उदयपुर जिल्लाको त्रियुगा नगपालिका– ५ जलजलेमा रहेको नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग बुधबारदेखि पुनः सञ्चालनमा आएको छ ।
जनता समाजवादी पार्टी, (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा सुरु भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले लिखित स्पष्टीकरण सोधेको विषयलाई लिएर काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उच्च अदालत पाटनमा दायर गर्नुभएको रिटमा सुनुवाइ जारी रहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको पहिलो वर्ष सकारात्मक, ऊर्जाशील र सौहार्दपूर्ण रहेको बताउनुभएको छ ।
धनुषामा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ । जिल्लाको बटेश्वर गाउँपालिका –१, चित्रपुरका श्रीलाल महतोको पाँच वर्षीया छोरी सन्ध्याकुमारी महतोको मृत्यु भएको हो ।
नेपालमा ब्रोइलर कुखुराको मासु अभाव भएको छ । किसान कुखुरा पालन व्यवसायबाट पलायन हुनेक्रम बढेसँगै देशभर मासुको अभाव भएको हो । नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार ९० प्रतिशत किसानले कुखुरा पाल्न छाडेका छन् ।
धनकुटा नगरपालिका र चौबिसे गाउँपालिकालाई आप्रवासी स्रोत केन्द्र हस्तान्तरण गरिएको छ । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना समृद्धिले एक कार्यक्रमका साथ धनकुटा नगरपालिकालाई आप्रवासी स्रोत केन्द्र र चौबिसे गाउँपालिकालाई आप्रवासी सूचना कक्ष हस्तान्तरण गरेको हो ।
धनुषाको ढल्केवरमा इनारभित्र एक पुरुषको शव भेटिएको छ । बिहीबार बिहान ढल्केवरस्थित एभरेष्ट आयल स्टोर नजिक रहेको इनारभित्र एक पुरुषको शव भेटिएको हो ।
उपभोक्ताहित सरोकारसँग सम्बन्धित संस्थाले नयाँ बजेटमा आयातित तरकारी, फलफूल र खाद्य वस्तुमा उपभोक्तालाई १३ प्रतिशत भ्याट लगाउने नीति खारेज गर्न माग गरेका छन् ।
सर्वोच्च अदालतमा नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध परेको मुद्दाको सुनुवाइ जारी रहेको छ । सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासमा उक्त मुद्दाको सुनुवाइ जारी रहेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको आयोजनामा ग्रामीण क्षेत्रलाई ध्यानमा राखेर ‘सुरक्षित ग्रामीण सडक यात्रा र सवारी, हामी सबैको जिम्मेवारी कार्यक्रम’ सञ्चालन गरिएको छ ।
जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजसँग खेल्दैछ ।