• ११ असार २०८१, मङ्गलबार

इनारभित्र पुरुषको शव भेटियो

blog

शव भेटिएको इनार । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केवर, असार ७ गते । धनुषाको ढल्केवरमा इनारभित्र एक पुरुषको शव भेटिएको छ । बिहीबार बिहान ढल्केवरस्थित एभरेष्ट आयल स्टोर नजिक रहेको इनारभित्र एक पुरुषको शव भेटिएको हो । 

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक कवीन राईले इनारभित्र पहिचान खुल्न नसकेको अन्दाजी ३५ वर्षका एक जना पुरुष व्यक्तिको शव भेटिएको बताउनुभयो । 

सशस्त्र प्रहरीको सहयोगमा शवलाई इनारबाट बाहिर ल्याएर पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ । शवको प्रकृतिबारे तत्काल यकिनसाथ भन्न नमिल्ने बताउँदै उहाँले घटनासम्बन्धमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।