• ११ असार २०८१, मङ्गलबार

सर्पदंशबाट बालिकाको मृत्यु

blog

सर्पदंशबाट मृत्यु भएकी बालिका । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केवर, असार ७ गते । धनुषामा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ । जिल्लाको बटेश्वर गाउँपालिका –१, चित्रपुरका श्रीलाल महतोको पाँच वर्षीया छोरी सन्ध्याकुमारी महतोको मृत्यु भएको हो । 

घरमा सुतिरहेको अवस्थामा बालिकालाई सर्पले डसेको थियो । उपचारका लागि सिरहाको बन्दीपुरस्थित सर्पदंश उपचार केन्द्रमा लगिए पनि बचाउन नसकिएको मृतक बालिकाका पिता श्रीलाल महतोले बताउनुभयो ।