• ५ जेठ २०८१, शनिबार

नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ जारी

blog

काठमाडौं, असार ७ गते । सर्वोच्च अदालतमा नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध परेको मुद्दाको सुनुवाइ जारी रहेको छ । सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासमा उक्त मुद्दाको सुनुवाइ जारी रहेको छ ।

वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले दर्ता गर्नुभएको रिटमा यसअघि अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठ १७ गते नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएको थियो । राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नुभएको उक्त नागरिकता विधेयक संविधानको भावना र मर्म विपरीत भएको भन्दै वरिष्ठ अधिवक्ताद्वय न्यौपाने र भण्डारीले सर्वोच्चमा रिट दर्ता गर्नुभएको थियो ।