गोरखामा गएराति भएको जिप दुर्घटनामा मृत्यु भएका पाँच जनाको शोकमा लखनथापा गाउँपालिकाले शुक्रबार शोक बिदा दिएको छ ।
गोरखामा भएको जिप दुर्घटना प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा दुःख व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल मार्फत उहाँले गोरखाको शहीद लखन गाउँपालिका -३ मा भएको सवारी दुर्घटनामा परी पाँच जनाको दुःखद् निधनले मर्माहत भएको र घाइतेको तत्काल उपचारका लागि समेत सरोकार निकायलाई निर्देशन दिनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दकी धर्मपत्नी दिव्येश्वरी चन्दको ८२ वर्षको उमेरमा निधन भएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले पहिरो प्रभावित क्षेत्रका बासिन्दाको लागि राहत तथा उद्धार रणनीतिक योजना तय गरेको छ ।
गोरखामा जन्ती बस दुर्घटनामा मृत्यु हुने पाँच जनाकै सनाखत भएको छ । मृत्यु भएका एक महिला र चार पुरुष गरी पाँचै जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश विपत् व्यवस्थापन परिषद्को बैठकमा जनतासँग प्रदेश सरकार छ भन्ने महसुस हुने गरी सरकारले काम गर्नुपर्ने बताउनुभयो। उहाँले बिहीबार आयोजित बैठकमा यस्तो बताउनुभएको हो। मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “हामीले सर्वसाधारण नागरिकको सेवा सधैँ गर्नु पर्छ। दुःख परेका बेलामा सहयोगको आशा अझै धेरै हुन्छ। हामीले विपत्का समयमा सरकार हामीसँगै छ भन्ने महसुस नागरिकलाई गराउनुपर्छ। यो हाम्रो कर्तव्य पनि हो।” उहाँले प्रदेश सरकारसँग भएको साधन स्रोतको अधिकतम उपयोग गरेर सुरक्षा निकायको परिचालन र स्थानीय तहसँगको सहकार्यमा काम गर्न सम्बन्धित पक्षसँग अनुरोध गर्नुभएको छ। विपत्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न, उद्धार, उपचार, राहतका सबालमा विषेश ध्यान दिन निर्देशन पनि दिनुभएको छ।
विभिन्न लोकप्रिय कार्यक्रमहरू समेटेर लुम्बिनी प्रदेशका स्थानीय तहले नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। हालसम्म लुम्बिनीका दुई उपमहानगरपालिका, एक नगरपालिका र केही गाउँपालिकाले आफ्ना नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। बुटवल उपमहानगरपालिका रुपन्देही, घोराही उपमहानगरपालिका दाङ, रेसुङ्गा नगरपालिका गुल्मी तथा गुल्मीका केही गाउँपालिकाले हालसम्म नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। नीति तथा कार्यक्रममा स्थानीय तहले केही नयाँ र लोकप्रिय कार्यक्रमहरू समावेश गरेका छन्। रात्रिकालीन बजार सञ्चालन गर्ने, अविवाहित ४० वर्ष नाघेका महिला र ४५ वर्ष उमेर नाघेका पुरुषलाई भत्ता उपलब्ध गराउने, किसानलाई मोबाइलबाटै सूचना उपलब्ध गराउनेदेखि बाँदर धपाउनेलगायतका कार्यक्रमहरू समावेश गरिएका छन्।
सुक्खा क्षेत्र घोषणा गरिएको खोटाङको हलेसी क्षेत्रका सर्वसाधारणको घर–घरमा दुधकोशी नदीको पानी पु-याउने योजना अन्तिम चरणमा पुगेको छ। हलेसी तुवाचुङ नगरपालिका–७ का तीन हजार ७५६ घरधुरीलाई पानी वितरण गर्ने लक्ष्य राखिएको (बृहत् पम्पिङ) खानेपानी आयोजना अन्तिम चरणमा पुगेको हो।
कुनै बेला राजनीतिक, प्रशासनिक, न्यायिक, शैक्षिक क्षेत्रमा राजविराज सहरको अग्रणी नाम थियो तर अहिले देशकै पुरानामध्येको एक राजविराज नगरपालिका विकासका दृष्टिले पनि पछाडि परेको छ। गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा राजविराज नगरपालिकाको उपप्रमुखमा निर्वाचित भए पनि इसरत परविनले २०७९ भदौदेखि नगर प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ। नगरका विकास चुनौती र सम्भावनाबारे कार्यवाहक प्रमुख इसरत परविनसँग गोरखापत्रका ललिता साहले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :
पर्यटकीय सहर कास्कीको पोखरामा आजदेखि नेपाल–चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस महोत्सव’ सुरु हुँदैछ ।
रुकुमपश्चिम जिल्लामा अफिम र गाँजा खेती धेरै हुने गरेको प्रहरी तथ्याङ्कले खुलासा गरेको छ। जिल्लामा विभिन्न समयमा गरेर १०५ रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरिएको प्रहरी तथ्याङ्कमा उल्लेख छ। लागुऔषध नियन्त्रणका लागि जिल्लास्थित सुरक्षा निकाय, प्रदेश अन्तर्गतका कार्यालय र स्थानीय तहसँगको समन्वयमा आयोजित अन्तरक्रिया कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो। प्रहरी नायब उपरीक्षक (डिएसपी) नमराज भट्टराईद्वारा प्रस्तुत कार्यपत्रमा जिल्लामा अफिम र गाँजा खेती धेरै हुने गरेको तथ्याङ्क उल्लेख छ।
कैलालीको घोडाघोडी नगरपालिकामा निर्माण सम्पन्नको चरणमा रहेको सडकमा गरिएको कालोपत्रे कमसल भएको आरोप लगाउँदै स्थानीयले सडक अनुगमनको माग राखेका छन्। घोडाघोडी नगरपालिका–४ स्थित सिम्थरीदेखि गैँडाखेडा जाने एक हजार ७२५ मिटर लामो सडकको कालोपत्रे तथा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। दुई सय मिटर सडक कालोपत्रे हुन बाँकी रहँदा स्थानीय जनज्योति युवा क्लबले असार ४ गते वडा कार्यालयलाई सडक अनुगमनको माग राख्दै लिखित निवेदन दिएको छ।
कैलाली क्षेत्र नम्बर ५ (ख) बाट सुदूरपश्चिम प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएका नेपाली कांग्रेस पार्टीका युवानेता एवं प्रदेश सरकारका भौतिक, पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवालाई आसलाग्दो युवामन्त्रीका रूपमा हेरिएको छ । आर्थिक पारदर्शी, सुशासन र भ्रष्टाचार नियन्त्रण जस्ता कार्य कर्मचारी तहबाट होइन मन्त्री आफैँबाट सुरु गर्नु पर्छ भन्ने मान्यता राख्दै आउनुभएका मन्त्री देउवा कैलाली जिल्लाका युवामाझ लोकप्रिय नेताका रूपमा आफ्नो छवि बनाउँदै आउनुभएको छ । सक्रिय राजनीतिमा