नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले इन्जिनियरिङ सर्भेविना सडक निर्माण गर्ने काम तत्काल बन्द गर्न सरकारसँग माग गर्नु भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियाबाट अवैध लागुऔषध चरेस जस्तो देखिने पदार्थ चार केजी ७५० ग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमा मधेश प्रदेशमा कम बजेट विनियोजन गरिएको कुरा सत्य नभएको बताउनुभएको छ ।
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका कार्यवाहक सभापति डा. कालुराम राईले अपाङ्गता भएका बालबालिकाका लागि प्रारम्भिक हस्तक्षेप नीति विकास गर्न आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डिजिटल नेपालका लागि आवश्यक पूर्वाधार विकासमा सरकारले जोड दिएको बताउनुभएको छ ।
हेटौँडा–६ चुच्चेखोलाका कृष्णप्रसाद तिमल्सिनाले खुवा व्यवसाय गर्न थालेको ४४ वर्ष भयो । हेटौँडाको पहिलो खुवा घोट्ने व्यवसायीका रूपमा परिचित तिमल्सिनाले २०३६ सालदेखि यो पेसा सुरु गर्नु भएको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री सुदन किराँतीले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक रहेको बताउनुभएको छ । फेस्टिभलले दुई देशबीचको सम्बन्धमा थप इट्टा थपेको उहाँले बताउनुभयो ।
प्रतिनिधि सभाको आजको शून्य समयमा बाढीपहिरो र सडक दुर्घटनाका कारण मृत्यु हुनेको सङ्ख्या बढिरहेका विषयमा सरकारको ध्यानाकर्षण गराइएको छ ।
सप्तकोशीमा व्यावसायिक रूपले सञ्चालनमा ल्याइएका जेटबोट पानीको बहाव बढेसँगै बन्द भएका छन् । अरुण र दूधकोशीमा रोमाञ्चक जलयात्रा गर्ने आन्तरिक र बाह्य पर्यटकहरूको आकर्षण बनेको जेटबोट कोशीमा आएको बाढीका कारण बन्द भएको हो ।
मेचीमार्ग अन्तर्गत फिदिम ताप्लेजुङ खण्डको हेवाखोलामा तत्कालका लागि यात्रु आगमनलाई सहजीकरण गर्न फड्के पुल निर्माण थालिएको छ ।
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा शुक्रबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सवालजवाफ गर्नुहुने छ ।
अविरल वर्षासँगै गएको बाढी पहिरोले ताप्लेजुङका विभिन्न क्षेत्रमा एघार वटा झोलुङ्गे पुललाई क्षतिग्रस्त बनाएको छ । गत साताको बिहीबारदेखि बुधबारसम्म परेको वर्षाका कारण गएको बाढी पहिरोले उक्त सङ्ख्यामा झोलुङ्गे पुल पूर्णरुपमा क्षतिग्रस्त बनाएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले आकस्मिक तयारीका लागि सधैँ चनाखो हुनुपर्ने बताउनुभएको छ । आकस्मिक चिकित्सकीय समूहको कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले आकस्मिक तयारीका लागि सबै पक्ष सधैँ चनाखो हुनुपर्छ भन्नुभयो ।
गोरखामा गएराति भएको जिप दुर्घटनामा मृत्यु भएका पाँच जनाको शोकमा लखनथापा गाउँपालिकाले शुक्रबार शोक बिदा दिएको छ ।
गोरखामा भएको जिप दुर्घटना प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा दुःख व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल मार्फत उहाँले गोरखाको शहीद लखन गाउँपालिका -३ मा भएको सवारी दुर्घटनामा परी पाँच जनाको दुःखद् निधनले मर्माहत भएको र घाइतेको तत्काल उपचारका लागि समेत सरोकार निकायलाई निर्देशन दिनुभएको छ ।