• ५ जेठ २०८१, शनिबार

बाढीपहिरो र सडक दुर्घटनाप्रति ध्यानाकर्षण

blog

काठमाडौँ,असार ८ गते । प्रतिनिधि सभाको आजको शून्य समयमा बाढीपहिरो र सडक दुर्घटनाका कारण मृत्यु हुनेको सङ्ख्या बढिरहेका विषयमा सरकारको ध्यानाकर्षण गराइएको छ ।

सांसदहरू हितराज पाण्डे,  एकनाथ ढकाल, राजेन्द्र बजगाईँ र रामहरि खतिवडाले विपद् जोखिम न्यूनीकरणका लागि र सडक निर्माणका क्रममा पर्याप्त ध्यान नदिइएकाले यस्तो समस्या आएको बताउनुभयो । उहाँहरूले असार आएपछिको विकास निर्माण  गर्ने प्रवृत्ति अन्त्य गर्न पनि आग्रह गर्नुभयो ।

सांसद देवेन्द्र पौडेलले विद्यालय कर्मचारीको सुविधा वृद्धिका लागि गम्भीर हुन माग गर्नुभयो भने प्रेम सुवालले नागरिकता जस्तो विषयलाई हेलचक्र्याइँ नगर्न आग्रह गर्नुभयो । रासस