• १४ जेठ २०८१, सोमबार

सप्तकोशीमा जल यातायात सेवा बन्द

blog

कोशीमा पानीको वहाव बढेपछि वराह क्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिले सप्तकोशी नदिमा सञ्चालनमा ल्याएको जेटबोट ट्याक्टरमा राखेर घरतिर लैजाँदै । तस्विर : भक्तिविलास पोखरेल ।

भक्तिविलास पोखरेल 

गाईघाट, असार ८ गते । सप्तकोशीमा व्यावसायिक रूपले सञ्चालनमा ल्याइएका जेटबोट पानीको बहाव बढेसँगै बन्द भएका छन् । अरुण र दूधकोशीमा रोमाञ्चक जलयात्रा गर्ने आन्तरिक र बाह्य पर्यटकहरूको आकर्षण बनेको जेटबोट कोशीमा आएको बाढीका कारण बन्द भएको हो ।

चतराबाट यात्रुहरू हाल भोजपुर हतुवागढीको चुहार र भसुवासम्म तथा अरुण नदीको किनारमा पर्ने सिम्लेसम्म सहजै पुग्दै आएको भएपनि पानीकोबीच भागमा भएका चट्टानहरू हटाउन नसक्दा जेटबोट घरमा लगेर थन्क्याउनु परेको वराहक्षेत्र जल यातायातका सञ्चालक नवीन पौडेलले बताउनुभयो । 

जेटबोटले पूर्वका मुख्य सहरसँगको दूरी निकै कम बनाउँदै आएकोमा अव सेवा बन्द भएपछि पूर्वी पहाडी क्षेत्रका आम उपभोक्तालाई तराइका बजारसम्म पुग्न पैदल यात्रा गर्नुपर्ने बाध्यता भएको भोजपुर चुहारका मानबहादुर वान्तता राईले बताउनुभयो । 

सार्वजनिक सवारी साधनबाट घण्टौँ समय लाएर सहर पस्नुपर्ने यात्रुले अब जल यातायातको माध्यमबाट २० मिनेटको समयमै ठुलाठुला पहाड र अक्करे भिरहरू सहजै छिचोल्ने गर्छ । जल यातायातलाई थप विस्तार गर्न अरुण नदी र सुनकोशी नदीको बीचबीचमा भएका ढुङ्गाका अवरोध हटाउन तथा सदाबहार लामो रुटमा जेटबोट सञ्चालन गर्न सञ्चालकले बनाएको योजनालाई सहयोग गर्न सरकारले ढिलाइ गर्न नहुने अर्का जेटबोट सञ्चालक उदयपुर बेलका ८ का रमण भटराईले बताउनुभयो ।

अरुण, सुनकोशी र दूधकोशीमा भएका अवरोध हटाएमा चतराबाट अरुण नदी हुँदै सङ्खुवासभाको तुम्लिङटारको फेदीमा र सुनकोसीको दोलालघाटसम्म यात्रुलाई एकै घण्टाको समयमा पुर्‍याउन सकिने बराह क्षेत्र जल यातायात जेटबोट चलाउने अनुभवी क्याप्टेन आफूहरूले अब त्यतिकै पालेर बस्नुपर्नेबेला आएको भट्टराइले बताउनुभयो । 

नेपालका अधिकांश नदीहरूमा मोटरबोट र जेटबोट चलाएर दुई दशकको लामो एडभेन्चर अनुभव बटुलिसकेका यहाँ कार्यरत क्याप्टेनहरूका अनुसार “अरुण र दूधकोशीका बीचबीचमा रहेका केही ढुङ्गा हटाउन सके हिँडेर दिनभरि लाग्ने ठाउँमा एक घण्टामा जेटबोट पुर्‍याउन सकिन्छ । तर यो काम सरकारले गर्नुपर्छ ।” 

सुगम, सस्तो र वैकल्पिक जल मार्गका रूपमा तमोर नदी जेटबोट सञ्चालन गर्नेबारे अध्ययन भइरहेको र पूर्वका मुख्य नदीहरू मार्फत जलयात्रा गर्दै आसपासका पर्यटकीयस्थलको रमणीय दृश्य अवलोकन गर्ने बाह्य र आन्तरिक पर्यटकलाई आकर्षण गर्न सकिने भएकोले सरकारको यसतर्फ पनि ध्यान जान जरुरी छ ।