• १३ साउन २०८१, आइतबार

पत्रकार अधिकारीलाई रोटरी अवार्ड

blog

शिक्षा विधातर्फको रोटरी जर्नाे अवार्ड लिनुहुँदै गोरखापत्रका पत्रकार प्रकृति अधिकारी ।

काठमाडौं, असार ९ गते। रोटरी इन्टरनेसनल डिस्ट्रिक-३२९२ ले प्रदान गर्ने गरेको रोटरी जर्नो अवार्डको शिक्षा विधातर्फ गोरखापत्रका पत्रकार प्रकृति अधिकारी पुरस्कृत हुनुभएको छ।

संस्थाले शनिबार आयोजना गरेको कार्यक्रममा रोटरी इन्टरनेसनल डिस्ट्रिक-३२९२ का गभर्नर जितेन्द्रबहादुर राजभण्डारीले पुरस्कार प्रदान गर्नुभयो। प्रमाणपत्रका साथ ५१ हजार रुपियाँ प्रदान गरिएको थियो।

यसैगरी रोटरी जर्नो अवार्डको स्वास्थ्यतर्फ राष्ट्रिय समाचार समितिका पत्रकार कृष्ण अधिकारी, आर्थिक विकासतर्फ रुद्रबहादुर खड्का, महिला तथा सामुदायिक विकासमा रुपनी घर्र्तीमगर र युवा तथा नयाँ पुस्तामा अस्मिता रिजाल पुरस्कृत हुनुभएको थियो।