म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि झण्डै ७१ करोडको बजेट पेस गरेको छ । बेनी नगरपालिकाकी उपप्रमुख ज्योति लामिछानेले आइतबार बेनी नगरपालिकाको नगर सभाको १३ औँ अधिवेशनमा ७० करोड ८९ लाख रुपियाँको बजेट पेस गर्नुभएको हो ।
बजारमा आएका उन्नत जातका बीउको प्रयोगले परम्परागत बीउ पाउन मुस्किल परेको छ । परम्परादेखि नै लगाउँदै आएका अन्नबाली, तरकारी तथा फलफूलका बिरुवा हिजोआज किसानले लगाएको खासै देखिँदैन ।
सशस्त्र प्रहरी रुपन्देहीले करिब दुई केजी सुनसहित एक जनालाई पक्राउ गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले उपराष्ट्रपतिको पद आवश्यक नभएको बताउनुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद झाले देशमा उपराष्ट्रपतिको पद आवश्यक नभएको बताउनुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको उच्चस्तरीय सरकारी टोलीले यही असार २ गते राष्ट्रिय गौरवको परियोजनाका रूपमा रहेको मेलम्ची खानेपानीको स्थलगत अनुगमन गरेको थियो ।
दाङको घोराही-मुर्कुटी हुँदै प्युठान जोड्ने सडक समयमै मर्मत नहुँदा भासिने जोखिम बढेको छ । सडक मर्मत नहुने र वर्षाको समयमा ठुलो पानी पर्दा सडकमा थप क्षति हुने जोखिम बढेको हो ।
नागरिकता प्राप्तिका लागि परिवारका सदस्यले पनि पहिचानका लागि सहयोग गर्नुपर्ने व्यवस्था नेपाल नागरिकता पहिलो संशोधन ऐन, २०७९ मा गरिएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा उपराष्ट्रपति कार्यालयको खर्च कटौतीसम्बन्धी प्रस्ताव पेस भएका छन् । तीन जना सांसद डा अमरेश कुमार सिंह, भगवती चौधरी र प्रेम सुवालले यस्तो प्रस्ताव पेस गर्नुभएको हो ।
प्रत्येक वर्ष आषाढ शुक्ल सप्तमीका दिन पशुपति क्षेत्रमा गरिने गङ्गामाई जात्राको सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले देशव्यापीरूपमा महिलामाथि हत्या हिंसाका घटनामा वृद्धि भएको भन्दै दोषीमाथि कडा कारबाहीको माग गर्नुभएको छ ।
केही हप्ताअघिसम्म सामान्य अवस्थामा एकनास बगिरहेको कमला नदीले असार लागेसँगै आकार बढाइसकेको छ । असारसँगै सुरु भएको वर्षाले कमला नदीमा बढेको पानीको बहावले यहाँको अस्थायी काठेपुल बगाइसकेको छ ।
गए रातीबाट अवरुद्ध रहेको पोखरा वाग्लुङ सडकअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका काँडे नजिक पाउदुर खण्डमा बन्द भएको सडक १३ घण्टापछि आंशिक रूपमा खुलेको छ ।सडक अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधन अलपत्र भएका छन् भने हजारौँको सख्यामा रहेका यात्रुले दुख पाएका छन ।
गत वर्षभन्दा यस वर्ष चैतेधानको मूल्य दोब्बर भएपछि मोरङका किसान उत्साहित भएका छन् । गत वर्ष मनको रु पाँच सय ५० देखि रु छ सयसम्म मूल्य पाएको चैतेधानले यस वर्ष रु एक हजार एक सयदेखि रु एक हजार दुई सय ५० सम्ममा कारोबार भइरहेको छ ।
शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डअन्तर्गत ढोरपाटन नगरपालिका –२ खप्तरिबाङमा माथिदेखि झरेको पहिराले सडक अवरुद्ध भएको हो ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)