रुपन्देहीको तिलोत्तमा नगरपालिकाले २ अर्ब ७३ करोड ८४ लाख ३९ हजार ५ सय २९ रुपियाँको बजेट सार्वजनिक गरेको छ । नगरसभाको तेस्रो अधिवेशनको दोस्रो बैठकमा उपप्रमुख जागेश्वरदेवी चौधरीले बजेट पेश गर्नुभयो ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रण गर्न सिङ्गो समाज उभिनुपर्ने बताउनुभएको छ ।
काठमाडौं महानगरपालिकाले टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर गरिने विज्ञापनमा पनि कर लगाउने भएको छ।
पाँचथरको एक मात्र नगरपालिका ‘फिदिमले आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि ९६ करोड ९५ लाख ७९ हजार ९ सय २६ रुपियाँको बजेट सार्वजनिक गरेको छ ।
तुलसीपुर उपमहानगरपालिकाको आर्थिक वर्ष २०८०–८१ को कूल बजेट एक अर्ब ७९ करोड ४५ लाख ६९ हजार आएको छ । पालिकाले गतवर्ष एक अर्ब ८६ करोड ४७ लाखको बजेट ल्याएको थियो । यो आर्थिक वर्षको बजेट गत वर्षभन्दा सात करोड १३ लाख कम आएको हो ।
कैलालीको मध्येक्षेत्रमा रहेका बर्दगोरिया गाउँपालिका, घोडाघोडी र गौरीगङ्गा नगरपालिकाले आईतबार आर्थिक वर्ष २०८०-०८१ को बजेट सार्वजनिक गरेका छन् ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा विभाजनको यथार्थ विश्लेषण हुनुपर्ने बताउनुभएको छ । केशवप्रसाद बडालद्वारा लिखित पुस्तक ‘सिंहावलोकन’ को आइतबार यहाँ लोकर्पण गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
इनरुवा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि ७५ करोड ७ लाख ६४ हजार रुपियाँको बजेट विनियोजन गरेको छ ।
पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा चढाएको सुनको जलहरीको परीक्षण तथा नापतौल सुरु गरिएको छ ।
विश्व फुटबल महासंघ (फिफा) ले युएईले आयोजना गर्न लागेको फिफा बीच सकर विश्वकप २०२३ नोभेम्बरको सट्टा फेब्रुअरी २०२४ मा आयोजना गर्ने निर्णय गरेको छ।
कमलामाई नगपालिका, दुधौली नगरपालिका, सुनकोसी गाँउपालिका, तीन पाटन गाँउपालिका, घ्याङलेख गाँउपालिका र गोलन्जोर गाँउपालिकाले आ–आफ्नो गाँउ तथा नगरसभा मार्फत बजेट सार्वजनिक गरेका हुन् ।
ललितपुर महानगरले आगामी आर्थिक बर्ष २०८०–८१ का लागि ६ अर्ब ५० करोड रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ । आइतबार नगरसभा बैठकमा बजेट प्रस्तुत गर्दै नगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट प्रस्तुत गर्नुभएको हो ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ग्यासको आयतलाई प्रतिस्थापन गर्न निःशुल्क विद्युतीय चुलो वितरण गर्न थालेको छ ।
तानसेन नगरपालिकाले आगामी वर्षका लागि १ अर्ब २ करोड ८ लाख ६४ हजार ३ सय ६७ रुपियाँ बजेट सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८०–८१ का लागि पुँजीगततर्फ ४६ करोड ६६ लाख ३९ हजार ३६७ रुपैया रचालु खर्चतर्फ ५६ करोड १४ लाख २५ हजार रुपियाँ रहेको छ ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले झापा बिर्तामोडका मिटरब्याजी नबराज विमलीको घर कब्जामा लिएको घोषणा गरेको छ । महिनौंदेखि लघुवित्त, बैंक तथा बित्तीय संस्था र मिटरब्याजीविरुद्ध संघर्ष र चेतावनी दिँदैआएको सो पार्टीले विर्तामोडमा प्रदर्शनसहित विमलीको घर कब्जामा लिएको जनाएको छ ।