शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                गोरखापत्र अनलाइन
काठमाडौं, असार १० गते । ललितपुर महानगरले आगामी आर्थिक बर्ष २०८०–८१ का लागि ६ अर्ब ५० करोड रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ । आइतबार नगरसभा बैठकमा बजेट प्रस्तुत गर्दै नगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट प्रस्तुत गर्नुभएको हो ।
चालुतर्फ दुई अर्ब ४९ करोड ८४ लाख ४२ हजार र पुँजीगत तर्फ चार अर्ब २१ लाख ४६ हजार रकम छुट्याएको छ ।
महानगरले सडक पूर्वाधार, सम्पदा र विपद् व्यवस्थापनलाई बजेट विनियोजनमा प्राथमिकता दिएको छ । बजेटमा हरियालीपार्क निर्माण, एक घर एक उद्यान र एक घर एक बोट अभियानलाई पनि समावेश गरेको छ ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                