सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभा बैठक सुरु भएको छ ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागुऔषध दुरुपयोगबाट पर्ने बहुआयामिक असरसँग जुध्नका लागि सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२३ का अवसरमा गृह मन्त्रालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा स्वस्थ, सभ्य र समुन्नत समाज निर्माणमा लागुऔषधको दुरुपयोगमा सचेत रहनुपर्नेमा जोड दिनुभयो ।
किसानले अण्डाको मूल्य पाउन थालेका छन् । कोभिडपछि खस्किएको बजार क्रमशः उकालो लाग्न थालेको छ । लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको हो ।
लैङ्गिक हिंसा पीडित र प्रभावितहरूका लागि महिला आश्रयसम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला आश्रय गृह राष्ट्रिय सञ्जाल र साथी संस्थाको आयोजनामा आइतबारदेखि सम्मेलन सुरु भएको हो ।
सन् १८८५–१८८६ तिर लिइएको यस तस्बिरमा इल्ला हार्परलाई देखाइएको छ। उनी जन्मदेखि असाध्यै दुर्लभ चिकित्सा अवस्था ‘कन्जेनेटल जेनु रिकर्वेटम’ ले पीडित थिइन्। यस विकारका कारण उनका घुँडा विपरीत दिशामा मोडिन सक्थे। जसको नतिजा उनी चारैतिर आफ्ना घुँडा मोड्न सक्थिन्। सन् १८८६ मा हार्पर एक कलाकारका रूपमा सर्कसमा भर्ना भइन्। उनी हरेक हप्ता दुई सय डलर कमाउँथिन्। घुँडा पछाडि फर्केका कारण उनलाई सर्कसमा ऊँट केटी भनिन्थ्यो।
मानिसको सुत्ने अवस्थाले बिहान उठ्ने बेला टाउको दुखाउन सक्छ। यसबाट बच्न सुत्ने बेला टाउकोलाई ओछ्यानभन्दा केही माथि राख्ने गर्नुपर्छ। यसको धेरै फाइदा छ : टाउकोमा चोट लाग्न पाउँदैन, ग्यास्ट्रिक कम हुन्छ र श्वासप्रश्वासको समस्या घट्छ। शरीरलाई स्वस्थ राख्न पृथ्वीको गुरुत्वाकर्षण शक्तिको पनि भूमिका हुने स्पष्ट छ। दिउँसो बढी उभिने भएकाले पैतला र गोलीगाँठो वरिपरि विस्तारै द्रव र अन्य अनुपयोगी पदार्थ जम्मा हुन्छन्। गुरुत्वाकर्षण शक्तिको प्रभावले हरेक वस्तु तल आउन खोज्छ र यसैले उभिएका बेला हाम्रो शरीरको तल्लो भागमा दबाब अधिक हुन्छ।
भोजपुरको नौ वटै पालिकाले असार १० गते पेस गरेको नीति तथा कार्यक्रम सहितको बजेटमा पुर्वधार, आधुनिक कृषि, स्वास्थ्य, शिक्षालाई विशेष जोड दिएको छ ।
चार लेनमा विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्ड घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने गरेको छ । यसले गर्दा यात्रुले सास्ती भोग्दै आएका छन् ।
विश्वमा पहिलो पटक रोबोटबाट महिलाको गर्भाधान गराई जुम्ल्याहा शिशु जन्माइएको छ। यो घटना स्पेनमा भएको हो। त्यहाँको एक चिकित्सा संस्था ओभरचर लाइफमा एक महिलाको गर्भमा रोबोटको माध्यमबाट शुक्रकीट हालियो। सो रोबोटलाई नियन्त्रण गर्नका लागि प्ले स्टेसन ५ को गेमिङ कन्सोल प्रयोग गरिएको थियो। त्यसरी रोबोटको सहयोगले पठाइएको शुक्रकीटबाटै ती महिलाले गर्भधारण गरिन्।
झाँसीकी रानी लक्ष्मीबाईको नाम अदम्य साहसी प्रतिमूर्तिका रूपमा लिइन्छ । उनको जन्म सन् १८२८ नोभम्बर १९ मा भारतको बनारसमा एक मराठी कर्हाडे ब्राह्मण परिवारमा भएको थियो ।
प्युठानको नौ वटै स्थानीय तहले वार्षिक नीति कार्यक्रम तथा बजेट पेस गरेका छन् । आर्थिक वर्ष २०८०/०८१ मा खर्च गर्ने गरी बजेट ल्याएका हुन्। धेरैजसो स्थानीय तहको बजेट कृषि,शिक्षा र स्वास्थ्य क्षेत्रमा केन्द्रित छ।
कैलालीमा घडियाल गोहीले प्राकृतिक रूपमा बच्चा कोरलेको छ । पथरैया र काँढा नदीको दोभानमा दुर्लभ घडियालले पहिलो पटक बच्चा कोरलेको हो । यो दोभान टीकापुर नगरपालिका–७ बैदीमा पर्दछ । डल्फिन क्षेत्र पर्ने यो ठाउँमा यसअघि घडियालले बच्चा कोरलेको थिएन ।
बझाङ जिल्लाका १२ वटै स्थानीय तहले आइतबार आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम ल्याएका छन् । हरेक वर्ष असार १० गतेभित्र स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउनैपर्ने कानुनी प्रावधान छ । यहाँका अधिकांश पालिकाहरूले ल्याएको नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारमा जोड दिएका छन् । प्रायःजसो पालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सरकारी संरचना निर्माणमा जोड दिएका छन् । यस जिल्लाको दुर्गाथली गाउँपालिकाले गाउँपालिकाको भवन निर्माण, समपूरक अनुदानबाट प्राप्त योजना र कृषि क्षेत्रमा बढी जोड दिएको गाउँपालिका अध्यक्ष दिनबहादुर थापाले बताउनुभयो ।