बोगोटा, पुस ५ गते । कोलम्बियाको उत्तरपूर्वी सहर अगुआचिकामा रहेको एक सैन्य बेसमा विद्रोही समूहले गरेको आक्रमणमा कम्तीमा सात जना सैनिकको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । सेनाका अनुसार उक्त आक्रमण नेसनल लिबरेसन आर्मी (इएलएन)ले ड्रोन प्रयोग गरी गरेको हो ।
सेनाले यसलाई ‘आतङ्कवादी हमला’ को संज्ञा दिँदै यसले सर्वसाधारणको ज्यान जोखिममा पार्नुका साथै मानवअधिकार र अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन गरेको जनाएको छ । कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै उन्नत एन्टी-ड्रोन प्रणालीको अभावका कारण यस्तो घटना भएको बताउनुभएको छ ।
उहाँले अवैध सशस्त्र समूहका यस्ता आक्रमण रोक्न तत्काल आवश्यक एन्टी-ड्रोन प्रणाली खरिद गर्ने आदेश दिएको जानकारी दिनुभयो । यसैबिच, सैनिक बलका प्रमुख कमान्डर जनरल फ्रान्सिस्को कुबिदेसले इएलएनका आतङ्कवादी गतिविधि विरुद्ध गुप्तचर सङ्कलन तथा सैन्य कारबाहीलाई थप सुदृढ गरिने बताउनु भएको छ । रासस/सिन्ह्वा