• १३ साउन २०८१, आइतबार

नेपाल बालसाहित्य समाजको वार्षिक सम्मेलनको तयारी

blog

प्युठान समाचारदाता

प्युठान, असार १० गते । नेपाल बालसाहित्य समाजको २८ औँ वार्षिक सम्मेलन प्युठानस्थित जनता माध्यमिक विद्यालयमा आगामी मङ्सिरको दोस्रो साता हुने भएको छ । शनिबार प्युठानमा भएको सरोकारवाला संस्थाहरूको बैठकले यस्तो निर्णय गरेको नेपाल बालसाहित्य समाजका महासचिव विजयराज आचार्यले जानकारी दिनुभयो । 

बैठकले साहित्य परिषद् प्युठान, राप्ती साहित्य परिषद् प्युठान शाखा, प्युठान नगरपालिका, मल्लरानी गाउँपालिका, जनता मावि वाग्दुला, उद्योग वाणिज्य सङ्घ प्युठान, नेपाल पत्रकार महासङ्घ प्युठान शाखा, कालिका विकास केन्द्र र नेवाः खल प्युठान  स्थानीय आयोजक रहने निर्णय गरेको छ । त्यस्तै साहित्य  परिषद् प्युठानका उपाध्यक्ष विमला खनालको संयोजकत्वमा सबै संस्थाका एक एक प्रतिनिधि रहने गरी स्थानीय स्तरको मूल आयोजक समितिका साथै अन्य विभिन्न सङ्घ संस्था संयोजकत्वमा उपसमितिहरू गठन गरेको छ । बैठकमा प्युठानका विभिन्न सङ्घ संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।