• ३१ वैशाख २०८१, सोमबार

पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन आदेश

blog

फाइल तस्बिर ।

काठमाडौं, असार ११ गते । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दा हाल्ने किशोरीलाई अन्तरिम क्षतिपूर्ति उपलब्ध गराउन  आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको सोमबारको एकल इजलासले पीडित राहत कोषबाट पीडित किशोरीलाई अन्तरिम राहत स्वरुप उपचार खर्च दिन आदेश दिएको हो । आदेशमा किशोरीको माग अनुसार सरकारी कोषबाट क्षतिपूर्ति दिलाउन आदेशमा भनिएको छ ।

पीडित किशोरीको तर्फबाट स्वास्थ उपचार, औषधि खर्च, मनोपरामर्शदातासँगको सुझाव लगायत विषयको खर्च देखाउँदै क्षतिपूर्ति उपलब्ध गराउन माग भएको थियो । अदालतले पीडितले मागेको भन्दा बढी क्षतिपूर्ति भराउन आदेश दिएको हो ।

हाल अदालतले आदेश दिएको अन्तरिम क्षतिपूर्ति सरकारी कोषबाट भराउनुपर्ने हुन्छ । आरोपित सन्दीप लामिछानेका कानून व्यवसायीले भने पीडित किशोरीलाई उपचार खर्च दिने निवेदनको प्रतिवादमा बहस गर्दै आएका थिए ।

सन्दीप अहिले जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोट खेलका लागि जिम्बावे भ्रमणमा हुनुहुन्छ । नेपाली टोली विश्वकप छनोटबाट बाहिरि सकेको छ ।