सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभाको बैठक जारी रहेको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन आज समापन हुने भएको छ । यही असार १० गते आइतबारदेखि सुरु भएको विधान अधिवेशन पूर्ववत् तालिकाअनुसार समापन हुन लागेको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।
इलामको सूर्योदय नगरपालिकाका तारा चाम्लिङ ६१ वर्षमा पुग्नु भयो । ६१ बर्षीया राई अहिले धमाधम बाँसका सामग्री बनाउने सीप सिक्दै हुनुहुन्छ । हातमा कुनै सीप नभएका राई अहिले बाँसका विभिन्न सामग्री निर्माण गर्न पोख्त भइसक्नु भएको छ । ‘आफू सँग कुनै सीप नहुँदा धेरै दुख पाइयो, अहिले सिकेको सीप बुढेसकालको सहारा बन्छ भन्ने आस गरेको छु ’ राईले भन्नुभयो ।
बिना कसुर सभा छली भाग्नु हुन्न भाइ कान नछामी हल्लापछि लाग्नु हुन्न भाइ !
विश्वका प्रसिद्ध व्यावसायिक बक्सिङ खेलाडी माइक टाइसनले एक पटक गोरिल्लासँग भिड्ने सोचाइ बनाएका थिए। उनले चिडियाखानाका कर्मचारीलाई १० हजार डलर दिएर गोरिल्लाको खोरमा जान दिनसमेत भने तर उनको इच्छा पूरा भएन। गोरिल्लाले अन्य पशुलाई जिस्क्याइरहेको देखेर टाइसनलाई रिस उठेको थियो र उनी त्यस गोरिल्लालाई पाठ सिकाउन चाहन्थे।
१४ वैशाख २०८०, बालकोट, सूर्यविनायक श्रद्धेय दाजु कृष्ण जोशी, यो प
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले बाढी पहिरोसहित विपद्बाट प्रभावित हुने परिवारलाई लक्षित गरी ‘गाउँ आवास कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।
जलेश्वर जनकपुर सडक खण्डमा मध्य राततिर भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
‘लेते आइपुगे जस्तो छ’, निर्माणाधीन पुल, माटोको लेदो बगाएको खोला अनि सडकैभरि माटोको लेदो देखेपछि अनुमान ग¥यौँ हामीले । नभन्दै लेते त साँच्चिकै आइपुगेको पो रहेछ ।
रुकुमपश्चिममा सञ्चालन भएका अधिकांश औषधी पसल मापदण्डविपरीत छन् । औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जले हालै गरेको अनुगमनमा यस्तो पाइएको हो । सो क्रममा दुई वटा औषधी पसलमा ताला लगाइएको छ । औषधी व्यवस्था विभाग नेपालगन्जका फार्मेसी अधिकृत धनबहादुर बोहराका अनुसार दुई वटा फार्मेसी बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमसँगको समन्वयमा ११ वटा औषधी पसलमा अनुगमन गरिएको थियो । सो क्रममा जिल्लाको त्रिवेणी गाउँपालिका–२, सिम्रुतुमा सञ्चालित त्रिवेणी सिटी अस्पतालको फार्मेसी दर्ताबिनै सञ्चालन भएको पाइएकाले ताला लगाइएको फार्मेसी अधिकृत बोहराले जानकारी दिनुभयो । मुसीकोट नगरपालिका–१, सल्लेमा सञ्चालित अमर मेडिकल हलको फार्मेसीमा पनि ताला लगाइएको छ ।
कैलाली कारागारभित्र अवैध सामग्री भित्रिने गरेको गुनासो बढेपछि अनुमगन गरिएको छ । कारागार व्यवस्था विभाग, जिल्ला प्रहरी कार्यालय र जिल्ला कारागार प्रशासनको संयुक्त टोलीले अनुगमन गर्दा एक भारतीय कैदीको साथबाट एक लाख चार हजार भारु बरामद गरिएको छ ।
लाग्छ, मान्छेको मनले सबैभन्दा धेरै सम्झिने कुरामध्ये एक हो– गाउँ । आफ्नो गाउँ । आफू जन्मेको, हुर्केको, तातेताते गर्दै हिँडेको, हाँसेको, खेलेको, मन दुखाएर रोएको, उकाली–ओराली
हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । यसका कारण देशका आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।