• २८ वैशाख २०८१, शुक्रबार

जुम्लामा करेन्ट लागेर एकको मृत्यु, चार घाइते

blog

जुम्ला,  असार १२ गते । जुम्लामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।  कनकासुन्दरी गाउँपालिका– ८ स्थित सुमलगाउँको खलापानी जिउलोमा धान गोड्ने क्रममा करेन्ट लागेर अन्दाजी १७ प्रमीला परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिनुभयो ।

विद्युत्को तार हावाहुरीका कारण खेतमा परेकाले करेन्ट लागेर मृत्यु भएको उहाँको भनाइ छ । करेन्ट लागेर अन्य चारजना भने सामान्य घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइतेहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइते हुनेमा सोही गाउँका शान्ति दमाइ, राजु दमाइ, मन दमाइ, र विरु दमाइ हुनुहुन्छ ।  रासस