जङ्गली च्याउ खाँदा मोरङको कानेपोखरी–७ बरगाछीमा एकै परिवारका पाँच जना गम्भीर बिरामी परेका छन् । कमजोर आर्थिक अवस्थाका कारण उनीहरूको उपचार हुन सकेको छैन । उनीहरूले मङ्गलबार बेलुका खेतबाट खोजेर ल्याएको जङ्गली च्याउको तरकारीसँग खाएका थिए ।
निस्दी गाउँपालिकाले बालविवाह नियन्त्रण गर्न निरन्तर सचेतना तथा कानुनी कारबाही अभियान सञ्चालन गरेको छ। बालविवाहलाई निरुत्साहित गर्न गाउँपालिकाले विवाहित जोडी छुट्याउने, भोज बहिष्कार तथा कानुनी कारबाहीलाई अगाडि बढाएको हो। सो अभियान अन्तर्गत गाउँपालिकाले २० वर्ष उमेर पुगेपछि विवाह गर्ने महिला–पुरुषलाई सम्मान गरेर उमेर पुगेपछि मात्र विवाह गर्नु पर्छ भन्ने मान्यता स्थापित गर्न जोड दिएको छ। कक्षा १२ उत्तीर्ण गरेर २० वर्ष उमेर पुगेपछि मात्रै विवाह गरेकालाई गाउँपालिकाले यो वर्ष सम्मान गरेको हो। बालविवाहलाई निरुत्साहित गर्दै २० वर्ष उमेर पुगेपछि मात्र विवाह गर्नु पर्छ भन्ने सन्देश दिन पालिकाले सम्मान कार्यक्रम गरेको हो।
बगलाचुली गाउँपालिका–८, गोठीवन निवासी भुमा नेपाली गाउँमा प्रजनन स्वास्थ्यसम्बन्धी स्वास्थ्य परामर्शसहित उपचार पाउँदा खुसी हुनुहुन्छ। भौगोलिक विकटताका कारण पाठेघरसँगै हातखुट्टा दुख्ने रोगबाट पीडित भुमा उपचारका लागि बजार आउन सक्नुभएको थिएन तर ग्रामीण महिला स्वास्थ्य सेवा तथा सचेतना केन्द्रको आयोजना, नेपाल परिवार नियोजन सङ्घ दाङको सहआयोजना र नेपाल टेलिकमको सहयोगमा विकट बस्तीमा पाठेघरको मुखको क्यान्सर जाँचबाट उहाँले उपचार पाउनुभएको हो।
बुटवल पावर कम्पनी (बिपिसी) ले नयाँ आर्थिक वर्षबाट विद्युत् महसुल समायोजन गरिदिन गरेको प्रस्तावमा तत्कालका लागि रोकिएको छ। बुटवल पावर कम्पनीले आँधी खोला जलविद्युत् उत्पादन केन्द्रबाट उत्पादित विद्युत्को महसुल समायोजन गर्न गरेको प्रस्ताव तत्कालका लागि रोकिएको हो।
दोलखाको कालिञ्चोक गाउँपालिका–७ मा अवस्थित विन्ध्यवासिनी पोखरी १५ लाख रुपियाँभन्दा बढीको लागतमा निर्माण गरिएको छ। बागमती प्रदेश सरकारको १३ लाख रुपियाँ आर्थिक सहयोग र जनश्रमदान दुई लाख ६० हजार गरी कुल १५ लाख ६० हजार रुपियाँमा यो पोखरीका निर्माण गरिएको वडाध्यक्ष बालकृष्ण आचार्यले जानकारी दिनुभयो।
एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) महिला भलिबल च्यालेन्ज कपको उपाधि भारतले जितेको छ । फाइनलमा भारतले काजखस्तानलाई पराजित गरेको थियो । का
पाल्पाको तानसेन नगरपालिकाले श्रम स्वीकृत दिन थालेको छ । नगरप्रमुख श्रेष्ठले वैदेशिक रोजगारमा जानेहरूका लागि आवश्यक पर्ने श्रम स्वीकृति नगरपालिकाबाट दिन सुरु गरेको बताउनुभयो ।
देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर आंशिकदेखि सामान्य बदली रही कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ ।
मुखको क्यान्सर ओठ, मुख वा घाँटीको माथिल्लो भागमा लाग्ने क्यान्सर हो । पान, सुपारी, चुरोट, बिँडीको अत्यधिक प्रयोगका कारण भारतमा यो क्यान्सर तेस्रो स्थानमा पर्दछ । नेपाल विशेषतः
मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले संविधानले दिएको अधिकारको अधिकतम उपयोग गर्नेतर्फ सबै अग्रसर हुनुपर्ने बताउनुभएको छ। मुस्लिम समुदायका जनप्रतिनिधिको क्षमता विकास तथा सशक्तीकरणका लागि जनकपुरधाममा मुस्लिम आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले समाजलाई अगाडि बढाउनकै लागि संविधान निर्माण भएको भन्दै संविधानमा उल्लेखित अधिकारको बारेमा जानकारीसमेत राख्नुपर्नेमा जोड दिनुभयो।
नदी कटानको उच्च जोखिममा परेको बेलका नगरपालिका–८ स्थित मेखबारी क्षेत्रको खेतीयोग्य जमिन र मानव बस्ती जोगाउन ‘रिभेटमेन्ट वाल’ अर्थात् कटान क्षेत्रको भित्तो संरक्षणको कामले निरन्तरता नपाएपछि सो क्षेत्रमा थप जोखिम बढेको छ। बिचमा बग्नुपर्ने नदी पूर्वी किनारबाट पश्चिमतिर मोडिएर पानीको सम्पूर्ण बहाव पश्चिमी किनारमा एकीकृत हँुदै गएपछि सुनसरी मोरङ सिँचाइ आयोजनाले करिब सात करोड रुपियाँको लगानीमा यसअघि निर्माण गरेको दुई सय मिटर लामो ‘लन्चिङ एप्रोच’ सहितको रिभेटमेन्ट वाल अर्थात् कटान क्षेत्रको भित्तो संरक्षणको कामले निरन्तरता नपाउँदा सो क्षेत्रमा थप जोखिम बढेको हो।
नुवाकोटको तारकेश्वर गाउँपालिका –६ की शारीरिकरूपमा पूर्ण अशक्त सन्तोषी रिमालले आफ्नै घरमा नेपाली नागरिकताको प्रमाणपत्र पाउनुभएको छ ।
विश्वव्यापी रूपमा मानव समुदायको सामूहिक समस्या र बहुपक्षीय सरोकारका रूपमा रहेको लागुऔषध/पदार्थको प्रयोग नेपालमा पनि गम्भीर समस्याका रूपमा देखिएको छ। नेपालमा हाल एक लाख ३० हजार ४२४ जना लागुऔषध प्रयोगकर्ता रहेका छन्। तिनमा पनि २० देखि २९ वर्षको उमेर समूह सबैभन्दा बढी प्रभावित भएको तथ्याङ्क गृह मन्त्रालयबाट सार्वजनिक भएको छ। लागुऔषधले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै प्रयोगकर्ताको भावना तथा सोचाइमा परिवर्तन ल्याउँछ। यसले मानसिक चेतना, अनुभूति र मनोभावनालाई प्रभावित पारी बुझ्ने, सम्झने र सोच्ने शक्तिलाई विकृत तुल्याउँछ। देशका कर्णधार शक्ति युवापुस्ता नै शारीरिक, मानसिक ऊर्जा ध्वस्त पार्ने लागुऔषधको कुलत र दुव्र्यसनमा पर्नु एउटा व्यक्ति, परिवारको मात्रै होइन; समुदाय र देशकै शक्ति क्षय हुनु हो।
गुल्मीको सदरमुकाम तम्घासमा रहेको एक सामुदायिक विद्यालयले प्राथमिक उपचार कक्ष सञ्चालनमा ल्याएको छ । रेसुङ्गा नगपालिका –८ खानीगाउँमा रहेको सिद्धबाबा माध्यमिक विद्यालयमा शिक्षक, विद्यार्थी र अभिभावकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै यसै शैक्षिक सत्रदेखि हप्तामा एक पटक चिकित्सक र दैनिक नर्सको व्यवस्था गरी प्राथमिक उपचार कक्ष सञ्चालनमा ल्याएको हो ।
प्रजातन्त्र पुनःप्राप्तिपछिको पहिलो निर्वाचित सरकारले सरकारको कार्यक्षेत्र पुनःपरिभाषा गर्दै सङ्गठन सुधारका काम आक्रामक रूपमा अगाडि बढाएको थियो। प्रधानमन्त्रीको अध्यक्षतामा गठित प्रशासन सुधार आयोगको प्रतिवेदनले निजामती सेवाको आकार एक लाख सात हजारको दरबन्दीबाट ७७ हजारमा झार्ने, व्यापारिक प्रकृतिका कामबाट सरकारले हात झिक्दै विनिवेशमा जाने र सङ्गठन उपयुक्ताकारमा ल्याउने सुझाव दिएको थियो। प्रतिवेदन ५० प्रतिशत जति मात्र कार्यान्वयन भयो। केही सङ्ख्यामा कर्मचारी कटौती त गरियो तर प्रशासनले प्रतिवेदनलाई थाहा नपाउने गरी पन्छाउने रणनीति लियो सेवा करारका नाममा। घटाएको भन्दा बढी नै सङ्ख्यामा कर्मचारीहरू करारमा थपिए। पछि यो सङ्ख्या ३२ हजारसम्म पुग्यो।