प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।
नेपाली चलचित्र क्षेत्रमा नायिका रेखा थापाको एकछत्र राज चल्थ्यो । नायिका, निर्माता र निर्देशकसम्मको उहाँको चलचित्र यात्रा धेरैका लागि प्रेरणादायी हुन सक्छ । वीर नायिकाका रूपमा पटक पटक पर्दामा देखिने नायिका थापा राजनीतिमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । सामाजिक सेवामा पनि समर्पित थापा आफ्नो प्रतिभा र क्षमता देखाउन चाहने महिलाका लागि सहयोग गर्न सधैँ तत्पर रहनुहुन्छ । चलचित्र क्षेत्रको समसामयिक विषयमा नायिका थापासँग गोरखापत्रका लागि सुकृत नेपालले गर्नुभएको कुराकानी :
असार १५ नजिकिँदै गर्दा भक्तपुरका जुजु धौ व्यवसायीलाई चटारो बढेको छ । समान्यतया असार १५ सम्म रोपाइँ सकेर दही चिउरा खाजा खाने चलन चल्दै आएकाले यस दिन दहीको माग बढी हुने भएकाले व्यवसायीलाई दही जमाउन र बजार पु¥याउन चटारो थपिएको हो ।
ऊन उत्पादन, गुणस्तर परीक्षण र निर्यात प्रवर्धनमा सहकार्य गर्न नेपाल र मङ्गोलियाबिच सहमतिपत्रमा हस्ताक्षर भएको छ । नेपालमा पस्मिना धागो र ऊनको गुणस्तर परीक्षण र विश्लेषण, यस क्षेत्रमा ज्ञान एवं अनुसन्धान कार्यको आदानप्रदान गर्न नेपाली व्यवसायी र मङ्गोलियाली अधिकारी सहमत भएका छन् । नेपाल पस्मिना उद्योग सङ्घ तथा मङ्गोलियाली सरकारको रिसर्च एन्ड डेभलपमेन्ट इन्स्टिच्युट अफ लाइट इन्डस्ट्रीबिच यस विषयमा बुधबार समझदारी भएको हो ।
देशकै तेस्रो पर्यटकीय गन्तव्य चिवतन राष्ट्रिय निकुञ्जमा असार १५ गतेदेखि पर्यटकीय गतिविधि बन्द गरिने भएको छ । बर्सातका बेला निकुञ्जले आफ्नो नियमित कार्यक्रम अन्तर्गत निकुञ्जमा पर्यटकीय गतिविधि बन्द गर्न लागेको हो । अघिल्लो वर्ष असार १ बाटै निकुञ्ज बन्द गरिए पनि यो पटक १५ दिन ढिला गरी बन्द गर्न लागिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी मनसुन ढिला सुरु भएका कारण यो वर्ष पर्यटकका लागि निकुञ्ज प्रवेश रोक्ने निर्णय पनि ढिला नै भएको बताउनुभयो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जार तथा बोतलको पानीको कारोबार गर्दा व्यवसाय दर्ता वा नवीकरण गरी बिलबीजक जारी गरेर मात्रै कारोबार गर्न निर्देशन दिएको छ । विभागले विज्ञप्ति सार्वजनिक गर्दै पछिल्लो पटक विभागमा व्यवसाय दर्ता नभएका र बिलबीजक जारी नगर्ने व्यवसायी फर्मले बोतल तथा जारको पानी बिक्री वितरण र ढुवानी गरेको भन्ने गुनासो आएकाले यस विषयमा व्यवसायलाई निर्देशन दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापतौल र परीक्षण गरेपछि सुनको जलहरी पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीको रोहबरमा बुधबार सुनको जलहरी पशुपतिनाथ मन्दिरको गर्भगृहमै राखिएको हो।
सर्वोच्च अदालतले कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीलाई अवहेलना मुद्दामा बयानका लागि बोलाएको छ। उच्च अदालत विराटनगरका रजिष्ट्रार जितेन्द्र थपलियाको प्रतिवेदनका आधारमा सर्वोच्चको एकल इजलासले मन्त्री राजभण्डारीलाई बयानका लागि बोलाएको हो। आदेशमा असार २१ गते १० बजे सर्वोच्चमा उपस्थित हुन भनिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबिचको एकताले नै मुलुकको राष्ट्रियता र राष्ट्रिय एकताको भावनालाई प्रगाढ बनाउन योगदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ। मुस्लिम समुदायको महान् पर्व इद–उल–अज्हा (बकर इद) का अवसरमा शुभकामना सन्देश दिँदै उहाँले यस पर्वले नेपालीबिच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र समुन्नत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ। इस्लाम धर्मावलम्बीले मनाउने यस पर्वले मुलुकमा मेलमिलाप, एकता र सहकार्यको वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र भेषभूषाको विविधता रहेको हाम्रो मुलुकमा यस पर्वले मुलुकको धार्मिक सहिष्णुता र सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।
सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचार निःशुल्क गर्ने अभियानले सफलता पाइरहेको छ। सरकारले विपन्नका लागि निःशुल्क गराएका अस्पतालको शय्या दुई हजार २८ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसअघि अस्पतालको १० प्रतिशत शय्या निःशुल्क उपचार हुने व्यवस्था मिलाउन सबै स्थानीय तहलाई निर्देशन दिएको थियो। मन्त्रालयले बुधबार उपत्यकाका गङ्गालाल हृदय रोग केन्द्र, परोपकार प्रसूतिगृह, कान्ति बाल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि विपन्नका लागि निःशुल्क शय्या व्यवस्था गर्ने निर्णय गरेको छ। कान्ति बाल अस्पतालले ६०, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले ४५०, ट्रमा सेन्टरले १५०, सहिद गङ्गालाल हृदय केन्द्रले ९० शय्या निःशुल्क गर्ने निर्णय गरिएको हो। यसअघि सात सय शय्या वीरमा र ३३० शय्या विराटनगरस्थित कोशी अस्पताले निःशुल्क गर्ने निर्णय भएको थियो। योसँगै अब विपन्नका लागि विभिन्न अस्पतालमा निःशुल्क घोषणा गरिएको शय्या सङ्ख्या दुई हजार २८ पुगेको छ। मन्त्रालयका अनुसार बिस्तारै अन्य केन्द्रीय अस्पतालमा पनि विपन्नका लागि निःशुल्क शय्या थपिँदै जाने छन्। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले केन्द्रीय स्तरका सरकारी अस्पतालमा विपन्न परिवारलाई निःशुल्क उपचार गर्ने व्यवस्थालाई तीव्रता दिने बताउनुभयो। उहाँले यस अभियान अन्तर्गत छ वटा सङ्घीय अस्पतालका ती शय्यामा रहेर उपचार गर्दा अन्य कुनै
मित्रराष्ट्र भारतको सिक्किम राज्य स्थित राष्ट्रिय भाषा एवं संस्कृति विद्यालय, गान्तोकका विद्यार्थीहरुलाई काठमाडौंमा स्वागत गरिएको छ ।
जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका उपप्रधानन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्ता भएको छ ।
आठ वर्षअघि निर्माण कार्य सुरु गरिएको गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहको धाराचौर आधारभुत विद्यालयको भवन अहिलेसम्म पनि निर्माणाधीन अवस्थामा छ । साबिक जिल्ला विकास समितिलाई यस विद्यालयका लागि भारतीय दूतावासमार्फत् २०७२ सालमा १६ कोठे भवन निर्माणका लागि योजना परेको हो ।
बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावलाई बैठकको बहुमतले स्वीकृत गरेको हो।
ललिता निवास प्रकरणमा पक्राउ परेका चार जनालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।