भक्तपुर नगरपालिका –२ व्यासीमा माटोको भाँडोमा जुजु धौ (दही) तयार गर्दै व्यवसायी । नेपाली समाजमा भोली असार १५ मा दही चिउरा खाने प्रचलन छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ‘जनताको बहुदलीय जनवाद’ (जबज) नेपालको मौलिक राजनीतिक सिद्धान्त भएको बताउनुभएको छ ।
जनवादी चीनको भ्रमणमा रहनुभएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिचुवान प्रान्तको छेन्दुमा आयोजित १९औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलाको आज अवलोकन गर्नुभएको छ।
एपिएफका प्रिन्स दाहाल र विजित थापामगरको जोडी तेस्रो प्रधानमन्त्री कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलतर्फ दोस्रो चरणको प्रवेश गर्नुभएको छ ।
संयुक्त राष्ट्रसंघका उपमहासचिव जिन पियरे ल्याक्रोइक्सले बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गर्नुभएको छ । चार दिवसीय भ्रमणका लागि नेपाल आउनुभएका उपमहासचिव पियरेलाई आज लुम्बिनी विकास कोषले स्वागत गरेको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई बदनाम गर्ने ठाउँ नपाएपछि जलहरी काण्ड मच्चाएको बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
लुम्बिनी प्रदेशमै पहिलो पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्लाका रूपमा बाँके जिल्लालाई घोषित गरिएको छ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले समाज रूपान्तरणको अभिभारा पूरा भईनसकेको बताउनुभएको छ। बिहीबार राजधानीमा आयोजित जननेता मदन भण्डारीको ७२ औँ जन्मजयन्ती समारोहमा सम्बोधन गर्नुहुँदै उहाँले जनताको जीवनमा सम्पूर्ण रूपमा परिवर्तन ल्याउन लामो यात्रा तय गर्न बाँकी रहेको बताउनुभयो।
सुदूरपश्चिम प्रदेश सरकारले आफूहरूको माग सम्बोधनमा गम्भीर नबनेको भन्दै अपाङ्गता भएकाहरू आन्दोलित भएका छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी फाउन्डेसनद्वारा स्थापित मदन भण्डारी रूपान्तरण राष्ट्रिय नेतृत्व पुरस्कार प्रदान गर्नुभएको छ ।
जोगबनी र किमाथाङ्का नाका जोड्ने कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका च्याम्ताङ–छुमसुर खण्डमा सडक निर्माणको काम गर्दै मजदुर।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले फुरुम्बुका किसानलाई आधुनिक मौरीको घार वितरण गरेको छ।
यो बर्खामा धनकुटामा नौ सय ८१ परिवार विपद्को जोखिममा रहेको अनुमान गरिएको छ। विपद्को सबै मिलेर सामना गर्नु आवश्यक रहेको धनकुटाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताउनुभयो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको अर्थतन्त्रमा परेको दबाब, अप्ठ्यारा फुकाउन नेपाल उद्योग परिसङघसहित निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपालमा हरेक बालबालिकाले समयमै क्यान्सरको गुणस्तरीय उपचार सुनिश्चित हुनुपर्ने बताउनुभएको छ ।