• १२ साउन २०८१, शनिबार

राष्ट्रसंघका उपमहासचिव जिन पियरे लुम्बिनी भ्रमणमा

blog

संयुक्त राष्ट्रसंघका उपमहासचिव जिन–पियरे ल्याक्रोइक्सलाई बुद्ध जन्मस्थल लुम्बिनीमा स्वागत गरिदै । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, असार १४ गते । संयुक्त राष्ट्रसंघका उपमहासचिव जिन पियरे ल्याक्रोइक्सले बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गर्नुभएको छ । चार दिवसीय भ्रमणका लागि नेपाल आउनुभएका उपमहासचिव पियरेलाई आज लुम्बिनी विकास कोषले स्वागत गरेको छ ।

उहाँलाई उपाध्यक्ष भिक्षु मैत्तय (अवधेशकुमार त्रिपाठीसहित कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्यसचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई, सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राई, सूचना अधिकारी राजन राई, बोर्ड सदस्य विश्वराज पौडेलले उपमहासचिवलाई खादा ओढाएर लुम्बिनीमा स्वागत गर्नुभयो । 

सो अवसरमा कोषका उपाध्यक्ष मैत्तयले लुम्बिनीको अवस्थाबारेमा जानकारी गराउनुभयो । राष्ट्रसङ्घको शान्ति सेनाका विभाग हेर्ने उपमहासचिवले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाउँदा खुसी लागेको बताउनुभयो । लुम्बिनी विकासमा संयुक्त राष्ट्रसङ्घले सहकार्य गर्दैआएको बताउँदै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने उहाँको भनाइ छ ।

उपमहासचिव ल्याक्रोइक्समायादेवी मन्दिर, शान्ति दीप, थाई, कम्बोडियन फ्रान्स र भियतनाम गुम्बाको भ्रमण गर्नुभयो । भ्रमणमा नेपाली सेनाको युद्ध कार्यविभागका विभागीय प्रमुख उपरथी ताराध्वज पाण्डे, रक्षामन्त्रालयका सहसचिव बाबुराम अधिकारीसहित नेपाली सेनाका रथीको उपस्थिति थियो ।