नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवाले नेपालको विकासका लागि वैदेशिक लगानी अपरिहार्य रहेको बताउनुभएको छ ।
एक सय ३४ वर्षअघि फ्रान्सको पेरिसमा निर्मित आइफल टावर फ्रान्सका लागि आजसम्म ‘आइकन’ बनेको छ । पेरिसको यही आइकन हेर्न संसारभरबाट बर्सेनि पाँच करोडभन्दा बढी पर्यटक फ्रान्स भित्रिन्छन् । फ्रान्सको पर्यटन विकासमा महत्त्वपूर्ण भूमिका खेलेको यस आइकन हेर्नमात्रै दैनिक २५ हजार व्यक्तिले औसतमा १० करोड टिकटमै खर्चिन्छन् ।
काठमाडौँ–हेटौँडा जोड्ने कान्तिलोकपथअन्तर्र्गत ललितपुरको भट्टेडाँडास्थित बागमतीको पुल नजिकै आज बिहान पहिरो जाँदा काठमाडौँ–हेटौँडा यातायात अवरुद्ध भएको छ ।
सात वटा प्रदेशमध्ये सुदूरपश्चिम प्रदेश साबिकको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका नौ जिल्ला जोडेर बनेको प्रदेश हो। मुलुक सङ्घीय संरचनामा रूपान्तरण भएसँगै प्रदेश सरकारको शासन शैली, व्यवस्था, कामकारबाही, सुशासनलगायत विविध विषयमा हल्का रूपमा अनेकौँ टीकाटिप्पणी हुने गरेका छन्। प्रादेशिक संरचना तथा प्रदेश सरकारको औचित्य र महत्वमाथि प्रश्न उठाउने गरिए पनि सुदूरपश्चिम प्रदेश सरकारले भने प्रदेश सरकार तथा जनताका लागि ऐन कानुन निर्माणदेखि भौतिक पूर्वाधार र विकास निर्माणका गतिविधिमा विस्तारै फड्को मार्दै गएको छ । सुदूरपश्चिम प्रदेश सरकारलाई कानुनी राज्य तथा विधिविधानबाट पूर्ण बनाउन सरकारले दर्जनौँ
कर्णाली प्रदेशको कुल जनसङ्ख्याको ३.१ प्रतिशत अर्थात् ५२ हजार ६०४ जना अपाङ्गता भएका व्यक्ति छ। तीमध्ये २.८ अर्थात् एक हजार ४५८ जना मनोसामाजिक अपाङ्गता भएका व्यक्ति छन्। केही सार्वजनिक तथ्याङ्क अनुसार हरेक आठ जनामा एक जना मनोसामाजिक समस्या भएका व्यक्ति हुने गर्छ। राष्ट्रिय जनगणना–२०७८ अनुसार नेपालमा कुल जनसङ्ख्याको २.२ प्रतिशत अपाङ्गता भएका व्यक्ति छन्। तीमध्ये कुल अपाङ्गता जनसङ्ख्याको ४.३ अर्थात् २८ हजार ४५ जना मनोसामाजिक अपाङ्गता भएका व्यक्ति छन्।
बैतडी जिल्ला बाढीपहिरोको उच्च जोखिममा भए पनि स्थानीय सरकारले विपत् प्रतिकार्य योजना बनाउन सकेका छैनन्। जिल्ला प्रशासन कार्यालयले स्थानीय तहसँग मनसुनजन्य विपत् प्रतिकार्य योजना माग गर्दासमेत स्थानीय तहले प्रतिकार्य योजना बुझाएका छैनन्। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्ष बैतडीसहित नेपालका २१ वटा जिल्ला बाढीपहिरोको उच्च जोखिममा रहेको घोषणा गरेको छ। बैतडीसहित सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लामा एक लाख ४७ हजार ६० जना प्रभावित हुन सक्ने पूर्वानुमान गरिएको छ।
पछिल्लो समय पर्वतको सदरमुकाम कुस्मा बजार साहसिक पर्यटनको गन्तव्य बनेसँगै आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ। पर्यटकको आवागमन बढेपछि होटल व्यवसायमा लगानीसमेत बढ्न थालेको छ। कुस्मा बजारको परिचयका रूपमा रहेको बन्जी जम्प, जिप लाइन, स्विङलगायतका साहसिक खेल खेल्न तथा हेर्न आउने पर्यटक बढेका छन्। पर्यटक बढेसँगै यो ठाउँ होटलमा लगानी गर्ने व्यवसायीको समेत आकर्षणको केन्द्र बन्न थालेको छ।
बर्खा लागेसँगै फेवातालमा जलकुम्भी झारले ताललाई ढाकेको छ। वर्षाको भेलले माथिल्लो क्षेत्रमा रहेको जलकुम्भी बगाएर ल्याएपछि हल्लनचोकदेखि वाराहीघाटसम्मको क्षेत्र बढी कुरूप छ। जलकुम्भीले फेवाताल ढपक्कै छोपेपछि डुङ्गा सयर गर्न आएका पर्यटक नाक खुम्च्याउँदै फर्कन बाध्य छन्। २०७४ माघमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ५० लाख रुपियाँ र पोखरा महानगरपालिकाको ७५ लाख गरी एक करोड २५ लाख रुपियाँमा जलकुम्भी निकाल्ने मेसिन ल्याइएको थियो।
मोरङका १७ वटा स्थानीय तहमध्ये पथरीशनिश्चरे नगरपालिकाले अझै प्रमुख प्रशासकीय भवन निर्माण गर्न सकेको छैन। पथरीशनिश्चरे नपाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा पनि जग्गा खोजबिनका लागि ७० लाख रुपियाँ विनियोजन गरेको छ। साविकको पथरी र शनिश्चरे गाविस समाहित भएर २०७० मा पथरीशनिश्चरे नगरपालिका गठन भएको थियो। तत्कालीन अवस्थामा नगरको केन्द्र साविक शनिश्चरे गाविसको शिविरडाँडामा तोकिएको थियो। २०७३ सालमा राज्यपुनर्संरचना आयोगले पथरीशनिश्चरे नगरपालिकामा हसन्दह गाविस थप गर्ने निर्णय गरी नगरको केन्द्र वडा नं. १० को भुटानी शरणार्थी शिविरडाँडामा नै राख्ने निर्णय ग¥यो। आयोगले तोकेको जग्गा नेपाल सरकारको वन क्षेत्र हो। जहाँ वनले सट्टा भर्नामा अन्यत्र जग्गा उपलब्ध नगराएसम्म भवन निर्माण गर्न दिँदैन।
चार वर्षअघि महामारीका रूपमा फैलिएको डेङ्गु रोगको सङ्क्रमण पुनः फैलिन थालेसँगै स्वास्थ्य निर्देशनालय धनकुटाले उपचारका लागि स्वास्थ्य जनशक्ति तयारी अवस्थामा राखेको छ। कोशी प्रदेशमै डेङ्गु रोगको सङ्क्रमण फैलन सुरु भएसँगै विभिन्न माध्यमबाट बच्ने उपायसहितको सूचना सन्देश प्रसारण गरी सबैलाई सचेत गराइएको स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले बताउनुभयो। उहाँका अनुसार डेङ्गु रोगबाट कोशी प्रदेशको सुनसरीस्थित धरानमा र सङ्खुवासभामा सबैभन्दा बढी बिरामी फेला परेका छन्।
२०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धान चामलमा आत्मनिर्भर बनाउने तर्फ सरकार लागि परेको बताउनुभएको छ ।
मनसुन सक्रिय रहेकाले देशको अधिकांश स्थानमा वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका
मराङ खोलामा पक्की पुल निर्माण भएसँगै दुर्गमका बस्ती सडक सञ्जालसँग जोडिएका छन् । धवलागिरि गाउँपालिकाका दुई वडा मराङ र मल्कबाङलाई सडक सञ्जाल सँग जोड्न अर्कला स्थित मराङ खोलामा पक्की पुल निर्माण गरिएको हो ।