• १८ वैशाख २०८१, मङ्गलबार

औषधिको गुणस्तर यकिन गरेर खरिद बिक्री-वितरण गर्न विभागको आग्रह

blog

औषधि व्यवस्था विभाग ।

काठामाडौं, असार १४ गते । सरकारले अस्पताल फार्मेसीहरूलाई औषधिको खरिद तथा बिक्री वितरण गर्दा गुणस्तर यकिन गरेर मात्र खरिद तथा बिक्री वितरण गर्न आग्रह गरेको छ ।

औषधि व्यवस्था विभागले एक सूचना निकाल्दै अस्पताल फार्मेसीलाई औषधिको खरिद तथा बिक्री वितरण गर्दा गुणस्तरमा शङ्का लागेका औषधिहरू परीक्षण गराई गुणस्तर यकिन गरेर मात्र खरिद तथा बिक्री वितरण गर्न आग्रह गरेको हो ।

विभिन्न अस्पतालहरूमा सञ्चालित अस्पताल फार्मेसीहरूबाट बिक्री वितरण हुने गरेका औषधिको गुणस्तरीयताको सम्बन्धमा औषधि व्यवस्था विभागमा जनगुनासो प्राप्त हुन आएकाले विभागले यस्तो आग्रह गरेको हो ।

औषधि ऐन २०३५ को दफा  १२ अनुरूप औषधिहरू जनसुरक्षित, असरयुक्त र गुणयुक्त हुनुपर्ने व्यवस्था रहेको छ ।