• १७ वैशाख २०८३, बिहिबार

महिला उद्यमीलाई सशक्त बनाउन महिला बजारको सुरुवात

blog

काबुल, वैशाख १७ गते । पश्चिमी अफगानिस्तानको हेरात प्रान्तमा महिला उद्यमीलाई सशक्त बनाउनको लागि एउटा छुट्टै महिला बजार खोलिएको जनाइएको छ । जहाँ दर्जनौं महिला उद्यमीले महिला ग्राहकलाई मात्र आफ्ना उत्पादन बेच्ने व्यवस्था गरिएको, स्थानीय मिडिया टोलो न्यूजले रिपोर्ट गरेको छ ।

यस पहलको उद्देश्य व्यवसायमा महिलाको सहभागिता बढाउनु तथा महिलाका लागि सुरक्षित र सहयोगी व्यावसायिक वातावरण सिर्जना गर्नु रहेको जनाइएको छ । उक्त बजारमा महिला उद्यमीले निर्माण गरेका विभिन्न प्रकारका हस्तशिल्प, परम्परागत उत्पादन र खाद्य पदार्थ बिक्रिको लागि राखिएको जनाइएको छ । 

यो बजार महिलाको व्यावसायिक भविष्य सुरक्षित गरी उनीहरुलाई अधिकारिक मान्यता प्रदान गर्नका लागि प्रभावकारी रहेको तथा महिलाको वेग्लै पहिचानको प्रयास गरेको स्थानीय उद्यमी गोलाफ्रोज नजाफीलाई उद्धृत गर्दै टोलो न्युजले जनाएको छ । हेरात महिला चेम्बर अफ कमर्सका अनुसार हेरात प्रान्तमा करिब एक हजार २०० जना महिलाले आधिकारिक रूपमा व्यवसाय दर्ता भएका छन् भने १० हजार भन्दा बढी महिला अनौपचारिक व्यापार गतिविधिमा संलग्न छन् । रासस/सिन्ह्वा