• २५ जेठ २०८२, आइतबार

खानेपानी लैजान श्रमदान गर्दै गाउँले

blog

उर्लाबारी समाचारदाता

उर्लाबारी, असार १६ गते । मोरङ जिल्लाका केही गाउँमा बिजुली, खानेपानी र सडक अझै पुगेको छैन् भन्दा पत्याउन गाह्रो हुन्छ तर उत्तरी मोरङको मिक्लाजुङ–१ को खोला गाउँमा अझैसम्म खानेपानीको अभाव छ। 

गाउँको नाम खोलागाउँ। तल तेलीखोलामा बाह्रैमास कञ्चन पानी बगिरहन्छ तर माथि खोलागाउँका झन्डै सय घरपरिवारलाई खानेपानीको चरम सङ्कट छ। यही खोलागाउँका बासिन्दा यति बेला तेलीखोलाको पानी गाउँ लैजान जनश्रमदान गरिरहेका छन्। 

साबिकको रमितेखोला गाविस हाल मिक्लाजुङ गाउँपालिकाको सिङ्गो एउटा वडा बनेको छ। मोरङको मुगु भनेर चिनिने ठुलो भूगोलको यो वडाले आधारभूत विकासलाई पछ्याइरहेको छ। तेलीखोलाको पानी घर घरमा पु-याउन एउटा घरबाट तीन जनाले श्रमदान गरिरहेको वडाध्यक्ष पर्वत राईले बताउनुभयो। स्थानीय ९० जना उपभोक्ताका घरबाट श्रमदान गर्दा हालसम्म ६० प्रतिशत काम सम्पन्न भएको उहाँको भनाइ छ। 

खानेपानीको अभावलाई स्थायी रूपमा समाधान गर्न स्थानीय बासिन्दाले ठुलो जोखिम मोलेर सहयोग गरिरहेको वडाध्यक्ष पर्वत राईले बताउनुभयो। उहाँले भन्नुभयो, “अब कुनै दैवीप्रकोपले दुःख दिएन भने एक सातापछि घर घरमा पानी पुग्ने छ।”