नेपालको संविधानको धारा ११९ को प्रावधानबमोजिम १५ जेठ, २०८० का दिन अर्थमन्त्रीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेट पारित भएको छ। सरकारमा रहेका दलका प्रमुख सचेतकले सोही बजेटको पक्षमा मतदान गर्न ह्विप जारी गर्ने प्रचलन छ। ह्विप भन्नाले केलाई बुझ्ने र त्यसको काम के हो भन्ने सन्दर्भमा विभिन्न विचार प्रस्तुत छन्। तथापि ह्विप भनेको संसदीय व्यवस्थाको सुन्दर पक्ष भनिन्छ एकातिर भने अर्कोतर्फ ह्विपले व्यक्तिको स्वतन्त्रताउपर लगाम लगाउने कार्य गर्छ भन्ने पनि गरिन्छ।
राप्ती नदीमा आएको बाढीका कारण नदीको बीच भागमा फसेका ६ जना गोठाला र ७८ वटा बाख्राको शनिवार राति उद्धार गरिएको छ ।
गुल्मीमा हालसम्म नौ प्रतिशत धान रोपाइँ भएको छ । मनसुनी कम वर्षा भएको कारण गत वर्ष भन्दा यो पटक रोपाइँ प्रतिशत घटेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो ।
यस वर्ष मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो रोकथामको स्थायी उपाय गर्न नसकिने भएको छ। यसको स्थायी उपाय अहिले नभएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ। गत वर्ष ३३ स्थानमा जोखिम रहेको यो सडकखण्डमा अहिले दुई स्थानमा जुनसुकै समयमा पहिरो जान सक्ने छ। यस पटक नयाँ स्थानमा पहिरो झरेको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलले भन्नुभयो।
गुल्मीमा चार सय ८८ रोपनी बाँझो जग्गामा चक्लाबन्दी खेती सुरु गरिएको छ ।
नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीले हरेक वर्ष प्रदान गर्दै आएको सम्मान तथा पुरस्कार सर्जकहरूलाई समर्पण गरेको छ । शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा शिक्षाविद् प्राध्यापक केदारभक्त माथेमाले ‘नूर–गङ्गा राष्ट्रिय बालसाहित्य पुरस्कार–२०७८’ साहित्यकारहरू डा. गेहेन्द्रमान उदास पोखरेली (पोखरा) र कन्हैया नासननी (काठमाडौँ) लाई संयुक्त रूपमा प्रदान गर्नुभयो । जनही ५० हजार नगद राशिसहित सम्मानपत्र प्रदान गरिएको थियो ।
गायक दीपक वज्राचार्यको साङ्गीतिक कोसेलीहरूको नयाँ सङ्गालो ‘प्रोजेक्ट नजिक’ आउँदै छ । तीन दशकदेखि निरन्तर साङ्गीतिक क्षेत्रमा चर्चा र सफलता पाइरहनुभएका वज्राचार्यले नयाँ र केही पुराना गरी नौ वटा गीतका म्युजिक भिडियोलाई नयाँ शैलीमा दर्शक माझ ल्याउन लाग्नुभएको हो । उहाँले नयाँ प्रस्तुतिहरूलाई म्युजिक भिडियोमा मात्र सीमित नराखी नयाँ शैलीमा देश विदेशका दर्शक माझ पु¥याउने योजनामा रहेको बताउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले छिट्टै चीन भ्रमण गर्ने बताउनुभएको छ। पोखरामा शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले भ्रमणको तयारी भइरहेको पनि जानकारी दिनुभयो। भारतसँग थप हवाई मार्गबारे छलफल गरिएको र त्यो छिट्टै निष्कर्षमा पुग्ने भन्दै प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणमा जाँदा पनि यो विषयमा छलफल हुने बताउनुभयो।
खानेपानीको समस्या झेल्दै आउनुभएकी सिन्धुली जिल्लाको मरिण गाउँपालिका–३, भालुमाराकी रणकुमारी तामाङको आँगनमै खानेपानी धारा बनेको छ। वर्षौंदेखि घरमै पानीको धारा जोड्ने सपना पूरा भएसँगै निःशुल्क खानेपानी पाएपछि अहिले तामाङ खुसी हुनुहुन्छ। तामाङको यो सपना वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको सहयोग तथा भालुमारा नमुना कृषि सहकारी संस्थाको संयोजनमा पूरा भएको हो। यो योजनाबाट रणकुमारी जस्तै ९७ घरपरिवार लाभान्वित भएका छन्।
चितवनको नारायणगढ–मुग्लिन सडकको विभिन्न ठाउँमा गएको पहिरोका कारण राजमार्ग अहिले अवरुद्ध छ । सडकको नौ ठाउँमा पहिरो झरेको छ । सबै भन्दा ठूलो पहिरो तीननम्बर पुलमा रहेको ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धानको सिजनमा मलको अभाव नहुने बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्ड मात्र होइन, कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले पनि यसपालिको धानको सिजनमा मलको अभाव नहुने दाबी गर्नुभएको छ । असार १३ गते प्रतिनिधि सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभएको थियो, “पछिल्ला निकै वर्षदेखि किसानले कहिल्यै समयमा मल पाएनन् । मैले विश्वासको मत लिँदै गर्दा सम्मानित संसद्मा प्रतिबद्धता जनाएको थिएँ, अब मलको हाहाकार हुन दिने छैन ।”
भूकम्पबाट क्षतिग्रस्त भएको काठमाडौँको त्रिचन्द्र क्याम्पसको पुनर्निर्माण कार्य धमाधम भइरहेको छ । छ महिना अघिदेखि सुरु भएको पुनर्निर्माण कार्य आगामी दुई वर्षभित्र सम्पन्न हुने छ । पुनर्निर्माण कार्यमा संलग्न इन्जिनियर रोशन यादवले पुनर्निर्माण कार्य करिब २० प्रतिशत सकिएको जानकारी दिनुभयो । निर्माण कार्यका कारण त्यहाँ सञ्चालन हुँदै आएका कक्षालाई पश्चिमतर्फको सरस्वती सदन र अस्थायी कक्षाकोठामा सञ्चालन गरिँदै आएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले करको दायराभित्र पर्नेलाई छुट दिन नसकिने बताउनुभएको छ।
जिल्ला प्रशासन कार्यालय बाँकेले जन्मका आधारमा नागरिकता वितरण सुरु गरेपछि कार्यालयमा नागरिकता लिने सेवाग्राहीको विस्तारै भीड बढ्न थालेको छ।
ताप्लेजुङमा असार १५ गते सम्ममा ३७ प्रतिशत धान रोपाइँ भएको छ। जेठ महिनाको दोस्रो साता पछिदेखि नै रोपाइँ सुरु हुने गरेको भए पनि हालसम्म ३७ प्रतिशत मात्र धान रोपाइँ सकिएको हो।