पाल्पाको तानसेन डबलीको संरक्षण र पर्यटनको मुख्य केन्द्र बनाउन नगरपालिकालाई तानसेन डबली हस्तान्तरण गर्ने तयारी भएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताउनुभएको छ ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो चीन भ्रमणका क्रममा नेपाल र चीनबीचको सम्बन्ध सुदृढीकरण तथा व्यापार, लगानी र आर्थिक विकासमा सकारात्मक छलफल भएको बताउनुभएको छ।
नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले मिटरब्याजी प्रकरणमा राजनीतिक दलका ठुला नेता र प्रहरीका उच्च अधिकारीहरूको पनि संलग्नता रहेको बताउनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रमजीवी पत्रकारले तोकेअनुसारको पारिश्रमिक पाउने विषय आधारभूत विषय भएको बताउनुभएको छ।
बाँकेको बैजनाथ गाउँपालिकाले उत्पादन बृद्धिसँगै व्यावसायिक कृषिमा प्रोत्साहन गर्ने उद्देश्यले पालिकाभित्रका किसानलाई ५० प्रतिशत अनुदानमा कृषियन्त्र वितरण गरेको छ ।
उमेरले ७० पुग्न लाग्दै गर्दा कुन बुबाको चाहना नहोला र दुःख बिसाउने र सुखको श्वास फेर्ने । जीवनको उत्तरार्द्धमा सन्तानलाई सबै जम्मा लगाएर हलुङ्गो जीवन बाँच्ने धेरैको सपना पनि हुन्छ ।
कर्णाली नदीको सहायक नदीहरूमा दुर्लभ जलीय जीव डल्फिन आइपुगेका छन् । कैलालीको मोहना र पथरैया नदीमा डल्फिनको आएका हुन् ।
आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले केही मुठीभर सम्भ्रान्त मानिसले मात्रै बैङ्कबाट ऋण पाउने अवस्थाको अन्त्य हुनेगरी कानुन निर्माण गर्न सरकारसँग माग गर्नुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पूर्वसांसद खेमराज भट्ट ‘मायालु’को स्वास्थ्य स्थितिबारे जानकारी लिनुभएको छ । वीर अस्पतालमा उपचाररत मायालुलाई आज भेटेर मन्त्री बस्नेतले सोे जानकारी लिनुभएको हो ।
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विपन्न नागरिकलाई स्वरोजगार बनाई आम्दानी बढाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ पाल्पाद्वारा आइतबार तानसेनमा आयोजित पत्रकार भेटघाटमा मुख्यमन्त्री चौधरीले सो कुरामा जोड दिनुभएको हो ।
डोल्पा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको छ । सदरमुकाम दुनैमा एक कार्यक्रमका बीच डोल्पा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको हो ।
विगत केही दिनयता मुग्लिन–नारायणगढ सडकमा दिनहुँ पहिरो झर्दा सर्वसाधारणको यात्रा कष्टकर भइरहेको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुलमा पटकपटक झरेको पहिराले उक्त खण्ड अवरुद्ध हुँदा यात्रु मारमा परेका छन् ।
नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाउन अझै समय लाग्ने भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा गए राति पहिरो खसेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनतालाई साक्षी राखेर ऐतिहासिक काम गर्ने आफ्नो सङ्कल्प रहेको बताउनु भएको छ ।
घरनजिकै बगिरहेको नारायणी नदीमा वर्षात्मा भेल आएसँगै स्थानीय घर छाडेर विद्यालय वा सार्वजनिक भवन खोज्दै हिँड्नुपथ्र्यो । वर्षात्का धेरै रात स्थानीयवासीले यसरी नै बिताएका छन् । यस वर्ष नारायणी नदीमा तटबन्धको काम थालिएपछि विगतका वर्षजस्तो समस्या नआउनेमा उनीहरु आशावादी छन् ।