प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत अनुभवबाट शिक्षा लिएर कम्युनिस्ट एकीकरणका लागि एकताबद्ध हुन आव्हान गर्नुभएको छ । ३४औँ स्मृति दिवसको सन्दर्भमा आयोजित नारायण विलास जोशी स्मृति प्रतिष्ठान भवन समुद्घाटन एवं प्रतिमा अनावरण समारोहलाई सम्बोधन गर्दै उहाँले आफूहरूले भर्खरै समाजवादी मोर्चा बनाएर कम्युनिस्ट एकताका लागि पहल गरेको बताउनुभयो ।
बर्सेनि धानखेतीको समयमा रासायनिक मलको अभाव झेल्दै आएका मधेस प्रदेशका किसानलाई यस वर्ष मलको समस्या नहुने जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नारायणविलास जोशीको ३४ औँ स्मृति दिवसको अवसरमा उहाँको स्मृतिमा निर्मित स्मृति प्रतिष्ठान भवन उद्घाटन एवम् प्रतिमा अनावरण गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा भवनको उद्घाटन एवम् प्रतिमा अनावरण गरिएको हो ।
समारोहमा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ ब्यूटीसिएनतर्फ कमला श्रेष्ठ, पेजेन्ट्रीतर्फ रूवि राना शाहलाई अर्पण गरिएको थियो भने ‘लेजेन्ट्री आर्टिस अवाडर्’बाट गायक दीपक बज्राचार्य, ‘मस्ट इन्फ्लुएन्सल पर्सनालिटी अवार्ड’बाट पूर्व बैंकर अनिल केसरी शाह, ‘स्टाइलिस फेसन आइकन अवार्ड’बाट नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र चलचित्रतर्फ नायिका प्रियङ्का कार्कीलाई प्रदान गरिएको थियो ।
परराष्ट्र मन्त्री एनपी साउद अछाम आइपुग्नुभएको छ । चौर पाटी गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्न मन्त्री साउँद शनिवार राती अछाम आइपुग्नु भएको हो ।
सन् १८२० को दशकमा जब गोरा इसाई मिसिनरीहरू सर्वप्रथम हवाई पुगे त्यहाँका स्थानीय बासिन्दाले आफ्नो सम्प्रभुता, संस्कृति र जीवनशैलीमा खतरा बढ्न थालेको महसुस गर्न थाले । दुई शताब्दीसम्म धेरैले प्रतिरोधसमेत गरे ।
विश्व इतिहासमा यस्ता महिला पनि छन् जसले रचेका इतिहासको चर्चा अहिले पनि उत्तिकै हुने गरेको छ । त्यस्तैमा एक हुन् इजिप्टकी रानी क्लियोपेट्रा । इजिप्टकी रानी क्लियोपेट्रा आफ्नो
खप्तड छेडेदह गाउँपालिका–५, डोगडीका दुई दाजुभाइ भारतबाट नेपाल आउने क्रममा बेपत्ता भएका छन् । भारतको उत्तराखण्ड राज्यको पौडीपावौबाट घर फर्किंदै गरेका ४० वर्षीय अर्जुन रावत र ३४ वर्षीय टेकबहादुर रावत विगत एक महिनादेखि बेपत्ता छन् । गत जेठ ३ बाट सम्पर्कविहीन भएको अर्जुनकी श्रीमती जाना रावतले बताउनुभयो । उहाँले भन्नुभयो, “बेपत्ता भएका श्रीमान् र देवरले घर आउने दिनमा पावौबाट ऋषिकेश जाने बसमा आउँदै गरेको बताउनुभएको थियो । सो खबर आएको तीन घण्टापछि दाजुभाइ नै सम्पर्कविहीन हुनुभयो ।
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा ७० प्रतिशत खेतमा रोपाइँ भएको छ । यहाँका १० स्थानीय तहको नौ हजार हेक्टर जमिनमा धान खेती हुने गरेको छ । धान खेती हुने क्षेत्रमध्ये ४० प्रतिशतमा मात्रै सिँचाइ सुविधा रहेको छ । सिँचाइ सुविधा नभएका ठाउँमा आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता छ । सिँचाइ सुविधा भएको ठाउँमा असार १५ गतेसम्म ७० प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र बैतडीका कृषि प्रसार अधिकृत नरेन्द्रबहादुर चन्दले बताउनुभयो ।
सुदूरपश्चिम प्रदेशको सबैभन्दा बढी क्षेत्रफलमा धान खेती हुने कैलाली जिल्लामा हालसम्म न्यून मात्रामा रोपाइँ भएको छ । मनसुन ढिलो गरी सक्रिय हुनका साथै सिँचाइ असुविधाका कारण मध्य असारसम्म थोरै रोपाइँ भएको जनाइएको छ । असार १५ अर्थात् राष्ट्रिय धान तथा रोपाइँ दिवसको दिनसम्म जम्मा ३० प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्रका प्रमुख खगेन्द्रराज शर्माले बताउनुभयो । गत वर्ष यही बेलासम्म आधाजति रोपाइँ भइसकेको थियो तर यो वर्ष मनसुन ढिला सुरु हुँदा रोपाइँ ढिलो गरी नै सुरु गरेको किसान बताउँछन् ।
कर्णाली प्रदेशका विभिन्न जिल्लामा हालसम्म ४३ प्रतिशत खेतमा धान रोपाइँ भएको छ । कृषि विकास निर्देशनालय सुर्खेतका अनुसार असार १५ गतेसम्मको तथ्याङ्क अनुसार सुर्खेतमा २५ र जुम्लामा ९० प्रतिशत रोपाइँ भएको छ । सो निर्देशनालयका निमित्त प्रमुख चित्रबहादुर रोकायाले यो अवधिसम्म प्रदेशभर ४३ प्रतिशतको हाराहारीमा धान रोपाइँ भएको बताउनुभयो । कालीकोट, जुम्ला, हुम्ला, डोल्पा र मुगुमा ९० प्रतिशत र तल्लो क्षेत्रका सुर्खेत, दैलेख, सल्यान, रुकुमपश्चिम र जाजरकोटमा हालसम्म ३८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।
सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ नआउँदा माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अघि बढाउन समस्या भएको छ । आयोजनाका लागि लगानी जुटाउन दुई वर्ष म्याद थप्ने सरकारको निर्णयलाई सर्वोच्चले सदर गरे पनि उक्त फैसलाको पूर्णपाठ भने आइसकेको छैन । पूर्णपाठ नआउँदा आयोजना निर्माणको प्रक्रिया रोकिएको हो ।