नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त बजार व्यवस्थापन सदस्य नवराज अधिकारीलाई शपथ गराउनुभएको छ ।
सरकारले किसानलाई अनुदानमा दिएको रासायनिक मल सहकारीले निजी पसललाई बिक्रीका लागि दिएको खुलेको छ । इलामस्थित कृषि सामग्री कम्पनी लिमिटेडले इलाम नगरपालिका –१, साखेजुङका किसानलाई सहुलियत दरमा उपलब्ध गराउन स्थानीय सूर्यज्योति कृषि सहकारीलाई दिएको ३४ बोरा युरिया र १८ बोरा डिएपी मल बिक्री गरेको पाइएपछि जरिवाना गरिएको छ ।
संघीय वनसंघीय वन तथा वातावरण मन्त्री डा. वीरेन्द्र महतोले चुरे क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न पहल गर्ने बताउनु भएको छ ।
धनकुटा नगरपालिका –४ छारा गाउँका घनश्याम बरालले तत्कालिन कुरुले गाबिसमा रहेको घर छाड्नुभएको ७ बर्ष पुग्यो । घर वरिपरि केही बोट आँप, लिची, अनारलगायतका फलफुल छन् । फलफुल फल्छ पाक्छ र झर्छ । खाइदिने कोही छैन ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जङ्गली च्याउ नखान आग्रह गरेको छ। मन्त्रालयले आइतबार सूचना निकाल्दै जङ्गली च्याउ विषालु हुनसक्ने भएकाले नछुन र नखान आग्रह गरेको छ।
नापी कार्यालय, मनमैंजु काठमाडौंका नापी सर्वेक्षक रमेश उपरकोटीविरुद्व सेवाग्राहीसँग एक लाख ७५ हजार रुपियाँ घुस लिएको आरोप लागेको छ।
अर्थमन्त्री डा प्रकाशशरण महतले ऋण लिएपछि त्यसको प्रतिफल हासिल गर्ने नीति लिइएको बताउनुभएको छ।
गोरखाका ११ वटा स्थानीय तहले नीति तथा कार्यक्रम ल्याएका छन् । असार १० गतेभित्र सबै स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट पेस गर्नुपर्ने प्रावधान छ । सोहीअनुरूप नीति तथा कार्यक्रम र बजेट ल्याए पनि कतिपयले पारित गरेका छैनन् ।
प्रतिनिधि सभाको आजको बैठकले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ विधेयक बहुमतले पारित गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङ शाखाले बाढीपहिरो पीडित परिवारलाई दोस्रो चरणको राहत सामग्री वितरण गरेको छ । गत असार पहिलो साता सिदिङ्वा गाउँपालिकामा गएको बाढीपहिरोबाट पीडित भएका परिवारलाई राहत सामग्री वितरण गरेको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले गरिब वर्गलाई लक्षित नगरी हुनेखाने वर्गलाई हेरेर केही वस्तु तथा सेवामा कर वृद्धि गरेको बताउनुभएको छ ।
सरकारले अतिआवश्यकीय जीवनरक्षक औषधिहरूको मौज्दात विवरण असार २२ गतेभित्र पेस गर्न निर्देशन दिएको छ ।
नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेश सभा बैठक अवरुद्ध गरेका छन् । मुख्यमन्त्री र केही मन्त्रीको जिल्लामा बजेट केन्द्रीकृत गरी असन्तुलित बजेट विनियोजन गरिएको भन्दै आज (आइतबार) को प्रदेश सभाको बैठक दुई दलका सांसदले अवरुद्ध गरेका हुन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सन् २०२६ को विश्वकप छनोट खेल्ने प्रारम्भिक टोलीको घोषणा गरेको छ ।