• १८ वैशाख २०८१, मङ्गलबार

जीवनरक्षक औषधिको मौज्दात पेस गर्न निर्देशन

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार १७ गते । सरकारले अतिआवश्यकीय जीवनरक्षक औषधिहरूको मौज्दात विवरण असार २२ गतेभित्र पेस गर्न निर्देशन दिएको छ ।औषधि व्यवस्था विभागले आज सूचना निकाल्दै सम्पूर्ण आयातकर्ता तथा स्वदेशी उत्पादकलाई अतिआवश्यकीय जीवनरक्षक औषधिहरूको मौज्दात विवरण पेस गर्न निर्देशन दिएको हो ।  

वर्षायामसँगै फैलिने रोग या आपूर्ति शृङ्खलामा उत्पन्न हुनेसक्ने अवरोधका कारण उपचारमा प्रयोग हुने औषधिहरूको बजार उपलब्धता सुनिश्चित गर्न विभागले यस्तो निर्देशन दिएको जनाएको छ । साथै विभागले पर्याप्त मौज्दात कायम राख्न सहज आपूर्तिको व्यवस्था मिलाउन र सम्भावित दुर्घटना हुन नदिन सम्पूर्ण आयातकर्ता तथा स्वदेशी उत्पादकलाई आफूसँग रहेको औषधिको पछिल्लो मौज्दात विवरण विभागबाट तयार पारिएको गुगल अनलाइन फर्ममार्फत हरेक महिनाको अन्तिम शुक्रबार उपलब्ध गराउन आग्रह गरेको छ ।  

यस सम्बन्धमा कुनै दुबिधा भएमा योजना, समन्वय तथा व्यवस्थापन महाशाखा अन्तर्गतको सूचना तथा तालिम शाखामा समन्वयन गर्न विभागले आग्रह गरेको छ ।