• १७ वैशाख २०८३, बिहिबार

उपसभामुख ठाकुरको स्वास्थ्यमा सुधार

blog

प्रतिनिधिसभाकी उपसभामुख रुवीकुमारी ठाकुर । फाइल तस्बिर

काठमाडौँ,  वैशाख १७ गते । उपसभामुख रुविकुमारी ठाकुर स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट घर फर्कनुभएको छ । 

स्वास्थ्यमा सुधार आएपछि किस्ट अस्पतालमा उपचाररत उपसभामुख ठाकुर आज घर फर्किनुभएको उहाँका स्वकीय सचिव तारा राईले जानकारी दिनुभयो । मधुमेहको समस्या देखिपछि उपसभामुख ठाकुर बुधबार अस्पताल भर्ना हुनुभएको थियो । चिकित्सकले उहाँलाई घरमै आराम गर्न सल्लाह दिएका छन् । रासस