• १८ वैशाख २०८१, मङ्गलबार

स्वास्थ्यमन्त्री बस्नेतद्वारा पूर्वसांसदको स्वास्थ्य स्थितिबारे जानकारी

blog

काठमाडौँ, असार १७  गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पूर्वसांसद खेमराज भट्ट ‘मायालु’को स्वास्थ्य स्थितिबारे जानकारी लिनुभएको छ । वीर अस्पतालमा उपचाररत मायालुलाई आज भेटेर मन्त्री बस्नेतले सोे जानकारी लिनुभएको हो ।

फोक्सोमा समस्या देखिएपछि उहाँलाई  शुक्रबार  वीर अस्पतालमा भर्ना गरिएको थियो । उक्त अस्पतालका निर्देशक डा. सन्तोष पौडेलका अनुसार डा. अशेष ढुङ्गानाको टोलीले पूर्वसांसद मायालुको उपचार गरिरहेको छ । 

यसैबीच मन्त्री बस्नेतले आजै वीर अस्पतालमा आफ्नो दाँतको उपचार गराउनुभएको छ । अस्पतालका निर्देशक डा. पौडेलका अनुसार आज बिहान उहाँले दाँतको उपचार गराउनुभएको हो ।  रासस