• १८ वैशाख २०८१, मङ्गलबार

डोल्पा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

blog

विष्णुप्रसाद देवकोटा 

डोल्पा, असार १७ गते । डोल्पा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको छ । सदरमुकाम दुनैमा एक कार्यक्रमका बीच  डोल्पा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको हो ।

जिल्लाका ८ वटा स्थानीय तह डोल्पा पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएपछि शनिबार डोल्पा जिल्लालाई डोल्पा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको जिल्ला खोप समन्वय समितिका अध्यक्ष जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायाले बताउनुभयो ।

१६ देखि ५९ महिनासम्मका सबै बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार १५ महिना उमेरभित्र पाउनुपर्ने सबै खोप लगाएको तथ्याङ्क अनुसार नै जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख डाक्टर रत्नवीर सुनारले जानकारी दिनुभयो ।

प्रदेश खोप समन्वय समितिका प्रतिनिधिले जिल्ला खोप समन्वय समितिका अध्यक्षला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको प्रमाणपत्र हस्तान्तरण गरे पछि औपचारिक रुपमा डोल्पा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको हो ।

घोषणा सभा कार्यक्रममा जिल्लाको स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएवापत विभिन्न कर्मचारीलाई प्रमाणपत्रका साथ सम्मान गरिएको थियो ।

बाजागाजासहित डोल्पा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिरहँदा स्वास्थ्यकर्मीले सन्देशमूलक नृत्य प्रस्तुत गरेका थिए । 

कर्णाली प्रदेशमा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने अन्तिम जिल्ला डोल्पा हो । देशभरमा ७२ औँ जिल्लाको रुपमा डोल्पा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको हो ।