• १२ साउन २०८१, शनिबार

रक्षामन्त्री खड्का आज स्वदेश फर्किनुहुँदै

blog

उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का । फाइल तस्बिर

काठमाडौं, असार १६ गते । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का आज (शनिबार) स्वदेश फर्किदै हुनुहुन्छ  ।

गैरआवासीय नेपाली सङ्घको ओमानको राजधानी मस्कटमा बुधबारदेखि भएको ८ औं मध्यपूर्व क्षेत्रीय सम्मेलनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्न रक्षामन्त्री खड्का बुधबार मस्कट जानुभएको थियो । सम्मेलनमा रक्षामन्त्री खड्काले सरकार र एनआरएनबीचमा अझ बढी विश्वास कायम गर्दै  काम गर्नुपर्नेमा जोड दिनुभयो ।

रक्षामन्त्री खड्काले एनआरएनले नेपालका लागि गरेको योगदानको प्रशंसा गर्नुहुँदै देशको विकासमा थप योगदान दिन अपिल गर्नुभएको थियो । रक्षामन्त्री खड्का आज राति काठमाडौं फर्किनुहुनेछ ।